अयोग्य सिपाही भनिदै छ

156








मृत्युलाई स्वीकारेर
आगोको कफन बानेर
रक्त्तिम लाल झण्डाहरुलाई
जिवनको अन्तरंग ठान्दै
आगो हुरी र
बतासहरुसंग लड्दै
गोला बारूद र
बमहरुसंग भिड्दै
संगिन रोपिएका छातीहरु
ज्योति गुमेका यी
ऑंखाहरु बोक्दै ….
अगाडी बढ्ने
अदम्य साहासहरुलाई
आज फेरी
अयोग्य सिपाहीमा
परिणत गरिदै छ
दुनियाँ बदल्ने
सपनाको बादल बोकेर
सागर भेट्न दौडने
अग्रगामी पाईलाहरु
रोकिदै छ




अयोग्य सिपाहीको नारा दिएर
हिड्दा हिड्दै
रातका अंधेरीहरुमा
घर गॉंउ र बस्तीका
अनौंठा मझेरीहरुमा
सिङ्गो जिवन
युद्ध मोर्चामा बिताएर
विडम्बना ……
नचाहेरै उ लखेटिदै छ
अयोग्य सिपाहीको
कालों बिल्ला भिरेर
निन्याहुरो मन लिएर
जितेरै बाजी
हारेको अनुभूति गर्दै
पीडा र बेदनाका
अरबौं गाथाहरु बोकेर
हॉंस्छ पल-पल मरेरै
अॉंशुका पहाडहरु रोकेर
सोध्छ आंफैले आंफुसंग
भन्छ मनले मनसंग
सॉंच्चै !!! सॉंच्चै
बलिदानी गर्नु के नै बॉंकी छ र
राष्ट्रका का खातिर अव
दूर्भाग्य !
दूर्भाग्य भनौं या सौभाग्य
पाएको र भएको आफ्नो भन्ने
हातगोडा र पैताला
समरमै छोडिएछ
श्रवण शक्ती र
दृश्य शक्ती
बारूद र ग्रिनेट संग साटिए छ
साथी संगी र संगीनी
युद्ध को मोर्चामा छोडेर
अन्तिम बिदाइको बखत
साटेको रक्तिम झण्डाहरु
सम्झनाका अथाह: तरेलीहरु संगै
विगतका मिठा पलहरुले
बिछोडका पिडाहरुलाई
सम्हाल्दै ओराली झर्दा
झरेका टिलपिल टिलपिल
ऑंसुहरु पुछेर
अव अयोग्य सिपाही को
कालों बिल्ला भिरेर

अव कहिल्यै …!

नभेट्ने गरी
घरफर्काईदै छ
अयोग्य सिपाही भनेर सॉंच्चै क्रान्ति सकिएछ
अव
राजतन्र हटेर गणतन्र आइसकेछ
क्रन्तिको स्वर्णीम
उपलब्धी र उपहार बोकेर
त्यसै छाडेर हिडेका
घरका ढेकाहरुमा
फूलेका उन्यू र
गन्धे उख्ल्नु छ
ढाड सेक्ने सामन्ति माहजनका
सॉंवा र ब्याजको
जोडघटाउ अन्त्य गर्न
क्रान्ति रोजेका यी
हात र गोडाहरु
फेरी पनि
सामन्ति साहुकै अघि
पसार्नु छ
अयोग्य सिपाही को
कालों बिल्ला भिरेर …!?!?
अयोग्य सिपाही को
कालों बिल्ला भिरेर …!?!?



You might also like
Loading...