प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीको कप्तान मल्ललाई शुभकामना




काठमाडौँ, १५ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीको कप्तानमा छानिएक ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।

आज ट्वीट गर्दै उनले  कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेका छन् । मल्ललाई केही दिनअघि नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्ति गरेको हो ।




राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई

 



सम्बन्धित
Loading...