रमेशराज भट्टराईले परासीमा मच्चाए बबाल…….. फिटो फिचर
परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा मंसिर ३ गतेदेखि जारी नवलपरासी औद्योगिक व्यापार मेला २०७६ मा सोमबार राष्ट्रिय ख्याति प्राप्त कलाकार रमेशराज भट्टराईका सांगीतिक प्रस्तुतीसँग दर्शकहरु झुमिझुमी रमाएका छन् ।
गायक भट्टराईले आफ्ना चर्चित गीतहरु बबाल भो बबाल भो, बेहुला बनाउँछु भन्थ्यौ बहुला बनाएर गयौ लगायतका गीतहरु प्रस्तुत गर्दा दर्शकहरुले हुटिङ् र तालीले साथ दिएका थिए ।
मेलामा आज ¥याप गायक विनोद ढकाल, भोजपुरी क्षेत्रका चर्चित गायक प्रमोद जख्नी, मेरि बास्यैका अनिता बस्नेत र कमला रेग्मी सहित स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो ।
मेलाको आठौँ दिन मंगलबार भोजपुरी क्षेत्रकै चर्चित कलाकार अल्बेला अशोक, जम्मी प्रमोद, लोक तथा दोहोरी गायक भरत क्षेत्री, तथा हमार भोजपुरी फिल्मी दुनिया, काठमाडु लेडी डान्स ग्रुप लगायत स्थानीय कलाकारको पनि प्रस्तुति रहने मेला आयोजक उद्योग वाणिज्य संघ नवलपरासीकी सचिव एवं सांस्कृतिक कार्यक्रम संयोजक तारा आचार्यले जानकारी दिए ।
मेलामा डेढ सय बढी विभिन्न प्रकृत्तिका स्टलहरु रहेका छन् ।