बुंदीकाली ५ मा वडाअध्यक्ष चयनका भोलि मतदान हुँदै, उपनिर्वाचनको तयारी पुरा

नवलपरासी । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका वडा नं. ५ मा भोलि वडाअध्यक्षका लागि मतदान हुँदै छ । भोलि हुने उपनिर्वाचनका लागि तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतपेटिका र मतपत्र सबै मतदान स्थलमा लगिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
आज अधिकांशको फोटो सहितको मतदाता परिचय पत्र वितरण गरिएको जनाइएको छ भने मतदाता परिचय पत्र लिन छुटेकाले भोलि आफ्नो परिचय खुल्ने परिचय पत्र लगेर फोटोसहितको मतदाता परिचय पत्र लिन सक्ने छ ।
यहाँ नेकपा, नेपाली काँग्रेस र समाजवादी पार्टीले वडाअध्यक्षका लागि उम्मदेवारी दिएको छ । यहाँ ८ सय ५३ जना मतदाता रहेका छन् । विहान सात बजेदेखि नै मतदान शुरु भएर साँझ ५ बजेदेखि चल्ने छ ।
यहाँ एउटा मतदान केन्द्र रहेको छ । मतदान सकिए लगतै बुंदीकाली गाउँपालिकाको कार्यालय रहेको स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने बताइएको छ ।
वडाध्यक्ष पदका लागि नेकपाबाट खिमबहादुर थापा खरु मगर, नेपाली काँग्रेसबाट तलबहादुर राना अनिल र समाजवादी पार्टीबाट पितमबहादुर राना मगरले उमदेवारी दिएका हुन् ।
स्थानीय तहका लागि रिक्त पदमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार मनोनयन दर्ता समय तोकिएको थियो । बुंदीकाली ५ मा वडाध्यक्ष दलबहादुर खरु मगरको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
मतदान स्थल र मतदान हुने वडामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीले बताए ।
उपनिर्वाचन बुंदीकाली ५, नवलपरासीः उपनिर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा