धारापानीमा सेनाको टोली पुग्यो, केही बेरमा शंकास्पद वस्तु डिस्फोज गरिने (फोटो फिचर)




रजहर (नवलपरासी)। पूर्वी नवलपरासीको दलदलेमाथि धारापानी चोकमा भेटिएको शंकास्पद वस्तु डिस्फोज गर्नका लागि नेपाली सेनाको टोली घटना स्थल पुगेको छ ।
अरुणखोला हात्तीखोरबाट गएको नेपाली सेनाको वम डिस्फोजल टोलीले शंकास्पद वस्तु डिस्फोज गर्ने तयारी गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
विहीबार विहानैदेखि घटना स्थल सुरक्षाकर्मीले नियन्त्रणमा राखेको छ । धारापानी चोकको चौतारामा रहेको रुखमा बोरा बेरेर बाँधिएर झुण्डिाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।




 

नवलपरासीकाे दलदले धारापानी चाेकमा शंकास्पद बस्तु

 


 



सम्बन्धित
Loading...