कावासोतीमा गैडाको शंकास्पद मृत्यु, अनुसन्धानका लागि एक जना निकुञ्जको नियन्त्रणमा




  • शोभा जि.सी. –

नवलपरासी, २० पुस । आइतबार विहान कावासोतीमा मृत अवस्थामा भेटिएको गैडाको मृत्यु शंकास्पद भएको चितवन राष्ट्रिय निकञ्जले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको चिफ वार्डेन नारायण रुपाखेतीले गैडाको मृत्यु शंकास्पद भएकोले एकजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।
पूर्वी नवलपरासीको कावासोती १० रतौलमा आइतबार बिहान एउटा ६/७ बर्षको भाले गैडा मृत अवस्थामा फेला परेको थियो ।
निकुञ्जका मुख्य वार्डेन रुपाखेतीले गैडा मर्नुको कारण यकिन भई नसकेपनि गतिविधि शंकास्पद भएको पाइएको बताए । आइतबार निकुञ्जबाट आएको विज्ञहरु सहितको टोलीले घटनाको अनुसन्धान गरेका थिए ।




कावासोतीमा मृत गैंडा फेला



सम्बन्धित
Loading...