गजल


????????????. गजल????????????????




  • प्रितम भुजेल ????अभागी ????-




माटो ढुङ्गामा पनि जीवन भेटीन्छ मेरो देशमा
फूलको थुङ्गामा पनि जीवन भेटीन्छ मेरो देशमा

त्यसै छाडेर कहॉं जालान् उर्लने नदी र छालहरु
बगर डुङ्गामा पनि जीवन भेटीन्छ मेरो देशमा

पाखुरी बजारेर हेर !सुन फल्छ भन्छिन् मेरी आमा
ठेकी चुङ्गामा पनि जीवन भेटीन्छ मेरो देशमा

सभ्यता भुल्दै संस्कार संस्कृति बेच्नेहरुको भिडमा
डम्फु तुङ्नामा पनि जीवन भेटीन्छ मेरो देशमा

सर्वस्व लुटिएर लुटाएरै पनि कहिल्यै नहार्ने
मगन्ते बुङ्गामा पनि जीवन भेटीन्छ मेरो देशमा

नवलपरासी




सम्बन्धित
Loading...