फिल्म एसिड नट द सोलुशन सार्वजनिक भिडियो सहित


पछिल्लो समय एसिड आक्रमणका घटनाहरु निकै हुन थालेका छन् । यहि विषयमा निर्देशक उत्सव केसीले छोटो फिल्म ‘एसिड नट द सोलुशन’ निर्माण गरेका छन् । कलाकार समेत रहेका केसीको यो फिल्म युट्युव मार्फत सार्वजनिक भएको छ ।




फिल्ममा अस्मिता बस्नेत, काव्या कार्की, इसान राउत, रमा श्रेष्ठ, विजष तिमिल्सिेना, प्रविन कार्कीसहित निर्देशक केसीको पनि अभिनय रहेको छ । ज्ञानकुमार कटेलको छायाँकन रहेको फिल्म किरणराज थापाले सम्पादन गरेका हुन् ।




महिला हिंसामा निकै मार्मिक र मन छुने कथा फिल्ममा आफुले उठाएको निर्देशक केसीले बताए । समसामायिक विषय फिल्मले उठाएकोले दर्शकको मन जित्ने उनले उनको विश्वास रहेको छ । फिल्म चुइचुई पारेर युट्युवमार्फत सार्वजनिक भएको हो ।




सम्बन्धित
Loading...