मोदीजीलाई पत्र

361







  • सदानन्द अभागी – 


मेदी तिमी भारतमा राम्रैसँग उदायौं,
छिमेकीहरूमा नयाँ
आशाको पालुवा पलायो
नेपाल भ्रमणमा आयौ
पशुपतिनाथको दर्शन पायौं
तिम्रा गहकिला सम्बोधनले
नेपाली नेता र जनता रमाए,
अव नेपाल भारत सम्बन्ध
सुमधुर हुने छ
हाम्रा सबै समस्या
समाधान हुने छन् ।

तिम्रा ती मीठा अभिव्यक्ति
व्यङ्गवाण रहेछन्
विषका क्षेप्यास्त्र रहेछन्
हामीले बुझ्न सकेनौ
हामीले त अमृत ठान्यौं
हाम्रो सारा तन अमृतमय भयो
ठूलो स्वागत गरेम्
हृदयमा तिम्रा तस्वीर सजायौं
वाह मोदी ! नेता होस् त यस्तै होस्
हरेक विहान भगवानको आरतीको सट्टा
तिम्रै गुनगान यत्रतत्र, सर्वत्र भै रह्यो

तर मोदीजी
कथनी र गरनी फरक हुँदोरहेछ
तिम्रो कुटिल चाल
धेरै दिन टिक्न सकेन
फलाममा खिया लाउँदा झै लाउन थाल्यो
तिम्रो भावना विश्व सामु ओकेल्न थालेऊ
तिम्रो आदेशमा नेपाल चलोस् भन्न थालेऊ
सविधान घोषणा रोक्न दूत पठायौ
के एक सर्वभौम देशको आफ्नो अस्तित्व हुँदैन ?
तिम्ले हाम्रो स्वतन्त्रता माथि प्रहार गर्न खोजेऊ
नेपालका राजनीतिक दल र नेताले
तिमीलाई सुनेन्
संविधान घोषणा गरेरै छाडे
हस्तक्षेपको दाहिने पाखुरो
काटेको महसुस भयो होला तिमीलाई
यो अपमानलाई तिमीले सहन सकेनौं
अघोषित नाका बन्दी लगाएरै छाडेऊ
विश्वले बुझ्दैन भन्ने तिम्रो सोचाई थियो होला !

तर मोदीजी,
‘भारतले हैन हामीले नाका बन्दी गरेम्’
नारा लगाउन लगायौ
तर आजको संसार अंन्धो छैन
कोही बहिरा नै किन नहुन्
तिन्ले पनि संकेत भाषा बुझ्छन्
आजका नेपाली सचेत छन्
तिमीले पाएको त्यो स्वागत
त्यो मान र मर्यादा
सबै सबै पखालियो
हरेक नेपालीको मन मनमा
घृणाको ज्योति बल्यो ।
तिम्रो नाका बन्दीलाई
नेपालीले सिङ्गै पचाई दिए
तिमी विवश भयौं
तिम्रो अघोषित नाकाबन्दी
तिमी आफैले खोलायौ ।

मोदीजी,
कहिले भन्छौ छोटे भाइ
कहिले भन्छौ रोटी बेटीको नाता
कहिले धर्म संस्कृतिक आदि आदि कुरा,
खास कुरा त नेपाल भारत
दुबै सार्वभौम देश हुन्
दुबै देशको आफ्नो आफ्नो अस्तित्व छ
कोही कसैको दाई होइन
अनि कोही कसैको भाई होइन
हामी दुबै मित्रराष्ट्र हौं
त्यसो हुँदा
एकले अर्काको अस्तित्व स्वीकार्नै पर्छ ।

मोदीजी,
इतिहास कोट्याउँदा
टिष्टादेखि काँगडासम्म नेपालको राज्य थियो
भारत स्वतन्त्रहुँदा
नेपालले फिर्ता लिन सकेन
भारतको हालीमुहाली चल्यो
त्यतिले पनि तिमीलाई पुगेन
परेवामा बाझको झापडको
आभास हामीले भोगी रहेका छौं
हाम्रा देशका सीमाना कोतरिँदै छन्
तिम्रा शक्तिका नाङ्गा नाच हेरिरहेका छौं
तिम्रा मेडियाका घिनलाग्दा शब्द बजीरहेका छन्
तिम्रा मेडिया फलाकी रहेका छन्
सैन्यशक्ति मिसाइल क्षेपास्त्र आदि–आदि
हो मोदीजी शक्तिशाली छौ
तिमीसँग ठूलो फौज छ
लडाकु विमान छन्
आदि आदि युद्ध सामाग्री छन्
यो पनि हामीले बुझेका छौं
तर पनि बुझ्न पर्ने के हुन्छ भने
हात्ती ठूलो हुन्छ तर कमिलाले ढलाई दिन्छ
हाम्रो सानो देश, शान्तिको प्रतिक
धैर्यशील, राष्ट्रियताले ओतप्रोत
अगम्भ्य साहस र वीरताले पूर्णता,
विश्व शान्तिको चाहना
पञ्चशीलको सिद्धान्तको अवलम्वनकर्ता
आफ्नो कर्तव्य र दायित्वको बोध
सबैलाई सम्मान गर्ने
आपूmले पनि सम्मान खोज्ने
जाइ नलाग्ने आइलागे पछि नहट्ने
यो नै नेपालीको परम्परा हो

मोदीजी,
गोर्खा तथा नेपालीले
भारतको कुभलो कहिल्यै चाहिनौं
इतिहासलाई केलाउँदा
भरतलाई स्वतन्त्र गराउनको लागि
हजारभन्दा बढी आजाद हिन्द फौजमा
गोर्खा सहिद भएका थिए,
त्यही फौजमा क्याप्टेन रामसिंह ठकुरीले्
थुप्रै देश भक्तिका गीत गाएर
क्रान्तिलाईउत्साहित पारेका थिए
दुर्गा मल्ल, लगायत भारत स्वतन्त्रताको लागि
गरिएका हजारौं बलिदानको कुनै महत्व छैन ?
वी.पी. कोइराला लगायतका थुप्रै नेपाली नेता
भारत स्वतन्त्रताको लागि क्रान्तिमा होम्मिए
भारत आजाद भयो
आजादीको साथसाथै नेपाली भूमि
नेपालले फिर्ता पाउनुको सट्टा भारतमै गाभियो
जति बाँचेको जमिन छ
त्यो पनि दिनप्रति दिन कोत्रदै छौ
सीमा मिचियो भन्दा
तिमी धम्काउँछौ
तिम्रा मेडिया मनपरी लेख्छन्
कहिले शैनिक कावार्ही गर्छ भारत भन्छन्
कहिले नेपाली लखेट्छौ भनिन्छ।

मोदीजी,
धेरै नेपाली आफ्नो लालपूर्जा सँगै गएका छन्
लिपुलेक, कालापानी, लिपिया धुरा
हडप गर्न खोज्ने भारतले
टिष्टादेखि काँगडासम्मको जमिन र नेपाली
फिर्ता गर्छौ ?
केही नेपाली भारतकै स्वार्थको लागि लगिए
यो तिम्रै भूमि हो यहीं बस विकास गर भनियो
तिनको श्रमशोषणबाट देशको विकास गरियो
आज के ती विदेशी कहलाए ?
केही नेपाली जागिरको खोजीमा भारतमा छन्
केही भारतीय नेपालमा विविध काम गर्छन्
यी नेपाली भारतमा बस भने पनि बस्दैनन् ।

मोदीजी,
तिमीले छिमेकीलाई धेरै सताएका छौ
तिमीलाई दिने आदर र सत्कार घट्दै छ
चिनको प्रभाव चारैतिर बढ्दै छ
तटस्थ परराष्ट्र नीति लिएर
छिमेकी राष्ट्रहरू र विस्वका सबै राष्ट्रसँग
मित्रता चाहने, विश्व शान्ति चाहने
देशलाई चिनसँग टास्न पुग्छौं
चिन र भारत हाम्रा अति नजिकका मित्र हुन्
चिन र भारत हाम्रा समदुरीमा छन्
हामी कसैसँग टाँसिएका छैनौ
जति चिल्लाए पनि हामी टतस्थ छौ
त्यसमा पनि नेपाल जस्तो देश
जस्ले भारतकै कल्याण गरिरहेको छ
भारतकै सुरक्षामा गोर्खा लागि परेका छन्
चाहे पाकिस्तानसँग होस् या चीनसँग
जब भारत र चाइनाको युद्ध भएको थियो
धेरै गोर्खाले ज्यान गुमाए
सेनामा उर्जा थप्न
गेपालसिंह नेपालीले
‘चालिस करोडौंको हिमालय ने पुकारा’
राष्ट्रियताले भरिएको गीत गाए
हरेक भारतबासीलाइ जागरुक बनाए

मेदीजी,
आज चिनसँग भारतको सीमा विवाद उठी रहेको छ
तिमीलाई तिम्रो सीमा मिचिदा तिमीलाई पीडा बोध छ
के तिमीले हाम्रो सीमा मिच्दा हामीलाई पीडा हुँदैन ?
हामी चाहान्छौ चिन र भारतको विवाद नहोस्।
दुबै देश विकासमा लम्कुन्
दुवै छिमेकीको न्यानो मायामा
हाम्रो पनि विकास अघि बढोस।्

मोदीजी,
जननी र जन्मभूमि स्वर्ग भन्दा पनि प्यारा हुन्छन्
ती गोर्खा जस्लाई चाइनासँग लड्न खटाइ रहेका छौ
के तिनको माया ममता जन्मेको ठाउँप्रति छैन ?
के जागिर खाँदैमा जननी र जन्मभूमि
माता पिता परिवारप्रति दायित्व हुँदैन
अवश्य माया ममता र यादले सताउँछ
तिम्रो नेपालप्रतिको व्यवहारले
तिन्को मुटु घोची रहेको हुन्छ
सारा सरिर शिथिल बन्दै जान्छ
हातले बन्दुक थाम्न सक्म्दैन
अनि कसरी तिन्ले समर जित्छन् ?

मोदीजी,
नेपालसँग दादागिरी हैन
मित्रताको आचरण गर
लिम्पिया धुरा लिपुलेक कालापानी, सुस्ता
जे जति नेपाली भूमि अतिक्रमण गरेका छौ
नेपाललाई फर्काऊ
असमान सन्धी सम्झौता खारेज गर
गोर्खे सैनिकको मनो बल उच्चा गर
संरक्षित बन
क्षिमेकीसँग मित्रता गर
मित्रताको बलले दरविलो वन
मित्रताको बलले दरविलो बन

You might also like
Loading...