गायक दया शिवाकोटीको “त्यो रात” बोलको गीत सार्बजनिक > भिडियो सहित <


चितवन, असोज १८ । नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका सुमधुर आवाजका धनि गायक दया शिवाकोटीको रोमान्टिक डान्सिङ नम्बर गित “त्यो रात” को म्युजिक भिडियो सार्बजनिक भएको छ। शब्द, संगीत तथा स्वर दया शिवाकोटीनै रहेको सार्बजनिक म्युजिक भिडियो युवा पुस्तालाइ लक्षित गरि बनाइएको छ। गायक दया सिवाकोटी पछिल्लो समयका उदयमान गायकको रुपमा सांगीतिक क्षेत्रमा परिचित छन्। विदेशमा बसेर पनि नेपाली गित संगीतको क्षेत्रलाइ फराकिलो बनाउँदै संगीतमा नै समर्पित गायक दया सिवाकोटी बहु प्रतिभाका धनि हुन् ।




केटि ओह, आमा बाबा, शिकारी, नडरा जस्ता थुप्रै गितहरु सार्वजनिक गरिसकेका गायक सिवाकोटी दरिलो स्टेज प्रस्तुतिले अझ परिचित बनेका छन्। भारतको फिल्म सिटीमा समेत आफ्नो प्रस्तुति दिएका दया शिवाकोटीले नर्वेबाट नयाँ म्युजिक भिडियो ‘त्यो रात’ सार्वजनिक गरेका हुन् । अहिले नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका परिचित गायक दया शिवाकोटीले साइप्रसबाट सांगीतिक यात्रा सुरु गरेका थिए। भारतमा समेत संगीत अध्ययन गरेका उनले त्यसै बेला ‘त्यो रात’ रचना गरेको कुरा उनि बताउछन । म्युजिक भिडियोमा नर्वेका एक जोडीले अभिनय गरेका छन् र जर्मन नर्वेजियन नागरिकले उक्त भिडियोको छायांकन गरेका थिए । नर्वेको प्राकृतिक सौन्दर्यतामा खिचिएको उक्त गित दया शिवाकोटीको आधिकारिक युट्यूब च्यानल मार्फत सुन्न र हेर्न सकिनेछ।

 







सम्बन्धित
Loading...