गायिका शितल शर्माद्वारा ढोरपाटनका बाढीपीडितलाई राहत वितरण


गायिका एवं कलाकार शितल शर्माले बाग्लुङको ढोरपाटनका बाढीपीडितलाई पाँच लाख बराबरको राहत सामाग्री सहयोग गरेकी छिन् ।




बाढी, पहिरोले आफन्त गुमाएका, घरबारविहीन भएका बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५, ७, ८ र ९ बोबाङका पीडित परिवारलाई गायिका शर्माले नगद, लत्ता कपडा, खाद्यान्न र जस्तापाता लगायतका राहत सामाग्री सहयोग गरेकी हुन् । पीडित परिवार समक्ष पुगेर उनले राहतका सामाग्रीहरु हस्तान्तरण गरेकी छिन् ।

‘बाढीले धेरै क्षति पु-याएको छ, धेरै जनता सडकमा बस्न बाध्य भएका छन् ।,’ गायिका शर्माले राहत वितरण कार्यक्रममा भनिन् ‘उहाँहरुको यो दुःखमा थोरै भए पनि राहत पुगोस् भन्ने अभिप्रायले देश विदेशबाट आर्थिक संकलन गरेर राहत बाँड्न आएको हुँ ।’ ‘देश विदेशबाट सहयोग गर्नुहुने सबै दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ उनले भनिन् ।

 







सम्बन्धित
Loading...