मगर भाषाको गीत डिस्या र डी लख सार्बजनिक

283







लोक तथा आधुनिक फ्लेभरको फ्युजन सहित मगर भाषाको गीत ‘डिस्या र डी लख’ सार्वजनिक भएको छ ।

द भ्वाईस अफ नेपाल सिजन १ का प्रतियोगी रित राना मगर र सन्तोष राना मगरको स्वरमा रहेको यस गीतमा डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत रहेको छ ।

यस गीतको भिडयोमा कमर्सियल फ्युजन गर्न खोजीएता पनि १८ मगरात र १२ मगरातको मौलिक पहिरन भने झल्काईएको छ ।

Sumaya Fashion With Cultural का संचालिका ईशु जर्गा मगरले ड्रेस डिजाईन गर्नुभएको भिडियोमा गाउँ छाडेर गएकी आफ्नो बालापनको साथी फर्केर आएपछिको प्रेमपूर्ण दृश्य देखाइएको छ ।

मगर फिल्मका लोकप्रिय नायक तथा सर्जक रमेश बाबु थापा मगर र रियो छमछमी ३ कि तेश्रो रनरअप रबिता थापा मगरले भिडियोमा गज्जबको अभिनय गरेका छन् ।

यस्तै भिडियोमा बाल कालकार आयारन आले मगर र हेम लामाको पनि अभिनय रहेको छ । बिपि फिल्म्स नेपालले निर्माण गरेको यस गीतको भिडियो करन चैसिरले खिचेका हुन् भने प्रबिन भटट्ले सम्पादन गरेका हुन् ।

सरजन थापा मगरको कोरियोग्राफि तथा निर्देशन रहेको भिडियो हङकङमा रहेका निलम थापा मगर र जापानमा रहेकी इन्दिरा गर्बुजा पिठाकोटे मगरले निर्माण गरेका हुन् ।

मगर अख्खा लिपि र नेपालीमा सबटाइटल समेत राखिएको गीतको भिडियो GM Photo and Videography युटुब च्यानलबाट रिलिज गरिएको छ ।

You might also like
Loading...