म्युजिक भिडियोमा कलाकार चेतबहादुर “राजा”

105







चलचित्रमा व्यस्त हुने कलाकारहरू म्युजिक भिडियोका काम गर्न इच्छुक भएका छन् । लकडाउन खुकुलो भएसँगै कलाकारहरु एकपछि अर्को म्युजिक भिडियोमा देखा पर्न थाले । पछिल्लो समयका चर्चित कलाकार म्युजिक भिडियोमा देखिन थालेका छन् ।

त्यस्तै, कलाकार चेतबहादुर सिंह “राजा” पनि अहिले म्युजिक भिडियोमा देखिन थालेका छन् । खासै म्युजिक भिडियोमा काम नगर्ने कलाकार चेतबहादुर अहिले भने म्युजिक भिडियोमा बाल्लै देखिएका छन् ।

कलाकार चेतबहादुर सिंह “राजा” हालै लोकप्रिय लोक गायक बिमल राज क्षेत्रीको “जाम हिड धनगडी ,सुवा हुदैन गडबडी” गीतको म्युजिक भिडियो अभिनय गरेका छन् । हालै छायाँकन भएको भिडियोमा उनको जोडी अभिनेत्री आशा भुषाल बनेकी छन् ।

You might also like
Loading...