के यही थियाे शहीदकाे सपना ?


  • अर्जुन अविरल –



खै कसलाई भन्ने,
खै कसलाई साेध्ने
शहीदकाे सपना के थियाे ?
भाेकाले खान पाउनु पर्छ
नाङ्गाले लाउन पाउनु पर्छ
भूमीहीनले भूमि पाउनु पर्छ
मान्छे मान्छेकाे भेदभाव हट्नु पर्छ
धनि गरिबकाे खाडल पुरिनु पर्छ
सायद यही थियाे हाेला
शहीदकाे सपना
त्यसैले त
घरमा बुढा बुबा आमा छाेडेर
नाबालक बच्चा नभनि
घर परिवार सारा बिर्सदै
आफ्नाे ज्यानकाे बाजी राखेर
टाउकामा कफन बाँधेर
युद्ध माेर्चामा हाेमिएका थिए ।
लाखाैैं सपना बाेकेर
आफ्नाे देश, समाज अनि
गाउँ परिवर्तनका निम्ति
आफ्नाे ज्यानकाे आहुति दिन तयार भए ।
संघर्षकाे मैदानमा
रक्त पिपाशुहरू
क्रुर युद्ध लडिरहन्थे
याेद्धाहरू
आफ्नाे सपना साकार पार्न
निडर लडिरहन्थे
छातिमा संगिन राेपिदा पनि
कत्ति नडगमगाई, अघि बढिरहन्थे
ती साहसी याेद्धाहरू ।
देश जाेगाउने लडाइँ हाेस्
या व्यवस्था परिवर्तनका लागि
लडाइँ लडेकै हुन्थे
सबै लडाइँमा
शहीदका सपना थिए
क्रान्ति हुन‌ै पर्छ ।

लिङ्ग, जात, वर्ग विभेदकाे विरूद्ध
अधिकार प्राप्तका निम्ति
राष्ट्रियता जाेगाउनका निम्ति
स्वाभिमान बचाउनका निम्ति
कुन‌ै साैदाबाजी नगरिकन
लडिरहेका ती याेद्धाहरू
जाे शहीद भए
आज उनिहरूकै सपनामाथि
तुषारापात पारिदैछ ।




शहीदकाे बलिदानीकाे अर्थ
सत्तासीनहरूलाई मत्ता बनाउन हैन
निमुखा, बेसहारा र अन्यायमा
परेकालाई न्याय दिलाउनु थियाे ।
गरीवका घरहरू उस्तै छन्
उस्तै छन् डाँडा पखेराहरू
उस्तै छन् विभेदका खाडलहरू
उस्तै छ अन्याय अनि थिचाेमिचाे
केवल केही अवसरवादीलाई भयाे परिवर्तन
के यही थियाे शहीदकाे सपना ?

हिजाेकाे व्यवस्था समर्थक नै
आजकाे व्यवस्थाकाे नाईके
आजकाे व्यवस्थाका विराेधीहरू
आज उनै अग्रमाेर्चामा
आजकाे व्यवस्थाका लागि लड्नेहरू
आज पछाडि पछाडि धकेलिएकाे छ ।
के यही थियाे शहीदकाे सपना ?

युवाहरू विदेशीनु परेकाे छ
आफ्नाे श्रम, पसिना अन्तै बगेकाे छ
न यहाँ राेजगारीकाे ग्यारेन्टी छ
न गास, बास, कपासकाे ग्यारेन्टी छ
न शिक्षा, स्वास्थ्यकाे ग्यारेन्टी छ
छ त केवल बेराेजगार र भ्रष्टाचार
के यही थियाे शहीदकाे सपना ?

हिजाे हजाराैं सिन्दुर पुछिएकाहरू
बुबा आमा खाेसिएका बालकहरू
छाेराछाेरी गुमाएका आमाहरू
भाई गुमाएका दाजुहरू
दाजु गुमाएका भाईहरू
संगिनी गुमाएका संगीहरू
घाईते, अपाङ्ग भएका याेद्धाहरू
न हाँस्न सकेका छन्
न खुशीले बाँच्न सकेका छन्
न त मलमपट्टी पाएका छन्
के यही थियाे शहीदकाे सपना ?

हाेसियार !!!
शहीदका सपना खाेस्नेहरू
पाएकाे व्यवस्था पनि फिर्ता गर्न खाेज्नेहरू
पाएकाे अधिकार पनि लुट्नेहरू
शहीदका रगत, पसिना र आशुले
भतभती पाेल्नेछ ।

  • २०७७ माघ १६ शहीद दिवश



सम्बन्धित
Loading...