शिव र रचनाको नयाँ गीत ‘सुनको चन्द्रमा’





काठमाडौं । गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीत ‘सुनको चन्द्रमा’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा दीपक शर्माले संगीत दिएका छन् । पुष्प आचार्यको शब्द रहेको गीतमा ओम सुनारले एरेन्ज छन् ।

गीतको भिडियोमा शंकर बिसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दामन्ता र डा.प्रतिक्षा पौडेलको अभिनय देख्न सकिन्छ ।




भरतपुरको पटिहानीमा छायाँंकन गरिएको भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदी, थारु संस्कृति, बोटे संस्कृति, हात्ती सफारी र थारु कल्चर समेटिएको छ । शंकर बिसीकै निर्देशक तथा कोरियोग्राफी, भिडियोमा दुर्गा पौडेलको छायाँंकन, नविन घर्तीमगरको सम्पादन छ ।

 




सम्बन्धित
Loading...