रनवीर सिंहको भाइरल फोटोसुट





बलिउड अभिनेता रनवीर सिंहको चर्चा फिल्म क्षेत्रमा मात्र सीमित छैन। आफ्नो अनौठो फेसन लुक्सबाट प्रशंसकलाई चकित पारिरहने उनी फेरि नयाँ फोटोसुटका कारण भाइरल भइरहेका छन्।

बुधबार रणवीरले इन्स्टाग्राममा गुच्चीको फोटो सुटमध्येको आफ्नो एउटा फोटो पोस्ट गरेका थिए। उनी सामाजिक सञ्जालमा भाइरल भएको द इन्डियन एक्सप्रेसले लेखेको छ। फोटोमा रनवीर निलो रङको ट्रयाकसुट र सुनको हारमा सजिएका देखिन्छन्। उनले खुट्टामा पहेलो रङको मोजा र त्योसँग मिल्ने पहेँलो सिसा भएको चस्मा लगाएका छन्।




आफ्नो लामो कपाल खुल्ला पारेका रनवीरले डबल बेड खाटमा बसी छेउको फलाम समातेर पोज दिएका छन्। उनको यो फोटोमा धेरैले प्रतिक्रिया दिएका छन्। कतिले त उनको फोटोको मिम नै बनाएका छन्। एकजना प्रशंसकले रनवीर मुम्बईको लोकल ट्रेनमा आफूलाई सन्तुलित गर्न खोजिरहेजस्तै देखिएको बताएका थिए। अर्का प्रशंसकले उनलाई २१ औँ शताब्दीका भारतका पूर्वकालीन राजा अलाउद्दिन खालजी भनेका छन्।

सुरुमा पोस्ट गरेको फोटो भाइरल भएसँगै रनवीरले त्यही पहिरनमा अर्को फोटो पनि इन्स्टाग्राममा हालेका थिए। यो फोटोमा भने उनले थप रातो ह्याट र ट्रेन्च कोट लगाएका छन्। हातमा ज्याकी ब्रान्डको १९६१ को कालो पर्स बोकेको देखिन्छ। फोटोको क्यापसनमा उनले गुच्चीका रचनात्मक निर्देशक एलेस्यान्ड्रो मिशेललाई श्रद्धान्जली अर्पण गरेका छन्।

चलिआएको फेसन ट्रेन्ड तोड्दै नयाँ फेसन परीक्षण गरिरहने रनवीरतर्फ कयौं फेसन डिजाइनर र कलाकारको ध्यान तानिएको छ। यही फेसन सेन्सले गर्दा अहिले उनी भारतको ट्विटर ट्रेन्डिङको सबैभन्दा अगाडि छन्।




सम्बन्धित
Loading...