भानु जयन्तीमा कवि दिपक सोतीको कृति विमोचन





कावासोती । २०८ औं भानु जयन्तीको अवसर पारेर वरिष्ठ साहित्यकार दीपक सोतीको कृति विमोचन गरिएको छ ।

मंगलबार कावासोतीमा साहित्यकार सोतीको फुल्न नसकेका फूलहरु नामक कविता संग्रह विमोचन गरिएको हो ।




कावासोती नगरपालिकाको आर्थिक सहयोगमा साधना संगम नवलपुरले प्रकाशन गरेको कवि तथा साहित्यकार सोतीको पछिल्लो कविता संग्रहमा देश प्रेमका भावना समेटिएका .. कविताहरु समेटिएका छन् ।

कवि सोतीको समालोचक शोक काव्य, मेरी मस्र्यांदी कविता संग्रह, दुई बत्ति निभेर कविता संग्रह, जगदम्बा काव्य लगायतका कृतिहरु प्रकाशित रहेका छन् ।

कार्यक्रममा साहित्यकारहरू कृण्णादेवि शर्मा, सदानन्द अभागी, लोकनाथ खरेल, लिला राना मास्की, मुक्तिनाथ ढकाल, एक नारायण चापागाई, काशीराम गैह्रे लगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रममा कवि सोतीलाई सम्मान पनि गरिएको थियो ।




सम्बन्धित
Loading...