नवलपुरमा फेरि बाघ आक्रमण, ६० बर्षीय कुमाल गम्भीर घाइते

नवलपुर । पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट एक जना जेष्ठ नागरिक गम्भीर घाइते भएका छन् ।
प्रहरी चौकी तम्सरियाका अनुसार शनिबार दिउँसो पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ ढोकाडी निवासी ६० बर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण गरेको हो ।
गाउँ नजिकैको जंगलको भुलपानी चौरमा गाईबस्तु चराउने क्रममा अचानक बाघले आक्रमण गरेको हो ।
उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको जनाइएको छ । उनको मध्यविन्दु जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको छ ।
नवलपुरमा पछिल्लो सयम बाघको आक्रमणमा परी २ जनाको ज्यान गईसकेको छ ।
https://www.youtube.com/watch?v=hjmSY8SBPQQ&list=RDyBFSYvjoJXc&index=7
नवलपुरको दुम्कीबास, अरुणखोला, मध्यबिन्दु क्षेत्रमा बाघका कारण स्थानीय त्रसित भएका छन् । यस क्षेत्रमा बाघको आक्रमणबाट एक महिनाको अन्तरालमा दुई जनाको ज्यान गएकाे थियाे।
बाघले लगातार मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय थप चिन्तित बनेका छन् । उनीहरूले बाघ मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा ठोस पहल नभएको भन्दै गुनासो गरेका छन् ।
यस क्षेत्रमा बाघले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय नवलपुरले समेत एक सूचना सार्वजनिक गर्दै वन क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । गाईबस्तु चराउन, घाँस काट्न, निउरो ,च्याउ टिप्न वन क्षेत्रमा नजाने कार्यालयले अनुरोध गरेको छ । बाघ नियन्त्रणको लागि प्रक्रिया अगाडि बढिरहेको र अझै जोखिम रहेकाले वन क्षेत्रमा जादा सावधानी अपनाउ डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।