नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नवलपुरमा सुवेदी




कावासोती । नेकपा एमाले समर्थीत नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नवलपुरको प्रथम जिल्ला अधिवेशनको बन्दशत्रले हरि सुवेदीको ( कावासोती ) अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्म रुपमा चयन गरेको छ ।

शनिबार नवलपुरको कावासोती स्थित सिद्धार्थ आवासीय माविको सभाहलमा भएको बन्दशत्रबाट उपाध्यक्षहरुमा ऋषी लम्साल ( मध्यविन्दु ) र धन प्रसाद सापकोटा ( गैडाकोट ) , सचिवमा किरण श्रेष्ठ ( मध्यविन्दु) , उपसचिवहरुमा रबिन्द्रराज कंडेल ( बौदीकाली ) , बिमल शर्मा चापागाईं ( गैंडाकोट ) र ईश्वर बोहरा, कोषध्यक्षमा कल्पना खनाल अधिकारी र सहकोषध्यक्षमा अप्सरा चापागाई चयन हुनुभएको छ ।




नव निर्वाचित अध्यक्ष हरि सुवेदीले पार्टीले लिएको नीति समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन व्यवसायीको क्षेत्रबाट सकेको लागि पर्ने बताउनुभएको छ । उनले द्योगी व्यवसायीहरुको सर्वोत्तम हितका लागि आफुले काम गर्ने प्रतिबद्धता जनाए ।

 

उद्योग व्यवसायमा पनि सहुलियत कर्जा लगानी हुनुपर्छः केन्द्रिय उपाध्यक्ष गुरुङ

 

 



सम्बन्धित
Loading...