तनहुँको दमौली बजारमा भीषण आगलागी, निभाउने प्रयास जारी




तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो ।

 

विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको छ ।

 




अहिलेसम्म त्यहाँका सात वटा घर जलेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

 

 

उनकाअनुसार आगो निभाउनका लागि काठमाण्डौदेखि  पानीसहित सीम्रिक एयरको हेलिकप्टर उडिसकेको छ ।  स्थानीय नेत्र रानाभाटले हेलिकोप्टर आइपुगेको र माथिबाट पानी फालिरहेको बताए ।

 

त्यसैगरी आगलागी नियन्त्रणका लागि डोजर लगाएर आगलागी भएको क्षेत्रको नजिकको ङर पनि भत्काइएको छ।

 

यस्तै, आगो निभाउन चितवन, लमजुङ, पोखरालगायत ठाउँबाट समेत दमकल मगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

 

आगलागीसँगै तनहु बजारमा त्रास छाएको छ।

 

 

 

तरकारी बजारमा आगलागी, ६० देखि ७० वटा पसल जलेर नष्ट



सम्बन्धित
Loading...