सेफ्टी टंकीमा खसेर चितवनमा २ जनाको मृत्यु




चितवन । सेफ्टी ट्याङकीमा खसेर चितवनमा २ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ तमुटोल बस्ने रामप्यारी गुरुङको घरमा रहेको सेफ्टी टंकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा राम बहादुर चौधरी र छतिराम चौधरी रहेको प्रहरीले जनाएको छ ।दुवैजनाकाे शव पाेष्टमार्टमा लागि अहिले भरतपुर अस्पतालमा राखिएकाे प्रहरीले जनाएकाे छ‍ ।




कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं‌ ९ घर भएका छतिराम सफाई गर्ने त्रममा अचानक चिप्लिएपछि उनलाइ उद्धार गर्न पसेका रामबहादुर चाैधरी समेत टंकीमा फसेका थिए ।

उनिहरु लामाे समयदेखि चितवन र यस आसपासमा सरसफाईकाे काम गर्दै आएका थिए ।

 

 

चितवनमा जन्ति बोकेको बस दुर्घटना

चट्याङ लागेर एक जनाको निधन, सुतेकै अवस्थामा २ जना मृत फेला



सम्बन्धित
Loading...