सोलुखुम्बुका नवराज बस्नेत गीतसंगीतमा स्थापित हुँदै
काठमाडौं । खोलुखुम्बुका नवराज बस्नेतको दैनिकी आजभोलि राजधानी काठमाडौंमा नेपाली गीत, संगीत, गायन क्षेत्रमा संघर्ष गरेका छन् ।
२०५५ साल बैशाख ३ गते सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिकामा बुवा सुरतबहादुर बस्नेत र आमा चित्रकुमारी बस्नेतको जेठो सन्तानको रुपमा जन्मिएका नबराज बस्नेत गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुन्थे । सानैदेखि रेडियो, टि.भि.मा नेपाली लोकगीतका कार्यक्रम बज्ने बितिक्कै उनी अरु सबै काम पढ्ने काम नै छोदेर टि.भि. छेउमा गएर ध्यान दिएर सुन्थे गर्दथे ।
बस्नेतको बाल्यकाल सोलुखुम्बु जिल्लामै बित्यो । उनी एसएलसी पछि २०७० सालमा काठमान्डौ छिरेर उनको बच्चादेखिको सपना कलाकार बन्ने सपना पूरा गर्न काठमान्डांै आएर संघर्ष गर्न थाले सुरुमा त्यति सजिलो थिएन । कलाकार बन्न धेरै दुख गर्नु परेको उनले अनुभव सुनाए ।
२०७० सालको मन्सिर महिनामा उनको पहिलो गीत (सम्झिए मन दुख्छ) रेकर्ड भयो र उनलाई दोहोरी साँझमा पनि काम गर्ने अवसर मिल्यो र यस्तै यस्तै दोहोरी साँझदेखि संघर्ष गर्दै आएका बस्नेत आज धेरै दर्शक स्रोताको मन जित्न सक्ने गायक बनेका छन ।
रेकर्डका गीत मात्र नभएर उनी प्रत्यक्ष लाइभ दोहोरीमा पनि उत्तिकै अब्बल छन् । उनले चर्चित कर्यक्रम ईन्दे्रणीसम्म गएर दोहोरी गाईसकेका छन । उनीले भने – ‘धेरै ठाउमा प्रत्यक्ष लाईभ दोहोरी र स्टेज प्रोगाममा हिन्छन् बस्नेत यति खेर धेरै ब्यस्त छन् । हुरि चल्यो, धन पैसा, प्रदेसको झलमल्ल, दशै तिहार मान्न, आशुको तलाउ, हे बरै जिन्दगी, चुनाब चिन्ह, सम्झिए मन दुख्छ, भष्ट्रचारीलाई गोली ठोक्नुपर्छ लागायत दर्जनौ गीत दर्शक स्रोतामाझ ल्याईसकेका छन् ।
उनीले गीत गाउने मात्र होइन आफै गीतमा संगीत दिने र आफै शब्द कोर्ने गर्दछन् । उनी मेहनती ईमान्दारिता ठूलालाई सम्मान सानालाई आधार गर्ने दुख पर्दा नआत्तिनी सुख पर्दा नमात्तिनी धेर्य गर्न सक्ने ब्यक्तिको रुपमा चिनिन्छन । उनका सहकर्मी साथीहरुले नि उनको मेहनत र धैर्य गर्न सक्ने बानीको निकै प्रशंसा गर्छन् ।
बस्नेतले गाएका केही गीतहरु