सलमान खानको घर गोली चल्यो
मुम्बई । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका छन् । यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
मुम्बई प्रहरीले कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले लोरेन्स बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ गरेको हुनसक्ने अनुमान लगाएको छ । अहिले प्रहरीले सलमानको सुरक्षालाई थप बढाएको छ ।
अभिनेता सलमानलाई ग्याङस्टार लरेन्स बिश्नोईले कैयौँ पटक ज्यानको धम्की दिइसकेको छ । त्यसकारण फायरिङ पनि उसकै समूहले गराएको दाबी प्रहरीको छ ।
बलिउड सुपरस्टार सलमान खानको सुरक्षा व्यवस्था कडा पारिएको छ । अभिनेताको घरबाहिर गोली हानाहान भएपछि उनको सुरक्षा कसिलो पारिएको हो ।
सलमान खानलाई पहिला नै राज्यले वाई प्लस सुरक्षा दिँदै आएको थियो । यस घटनापछि सलमान खान र उनको घर वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । वाई प्लस सुरक्षामा ११ सुरक्षाकर्मीहरूले सुरक्षा दिन्छन् । यसमा २ देखि ४ जना सीआरपीएफ वा सीआईएसएफ कमाण्डो र पुलिसहरू हुन्छन् । यस घटनामा कसैलाई घाउचोट लागेको छैन ।