ज्याकी श्रोफकी छोरी कृष्णाका प्रेमीले दिए संकेत, गर्दैछन् विवाहको तयारी


 



ज्याकी श्रोफकी छोरी कृष्णा र उनका प्रेमी इबन हायम्स आफ्नो पहिलो भेटको वर्षगाँठ मनाउनका लागि इन्स्टाग्राम लाइभमा आए । इबन लकडाउनको सुरुवाती समय कृष्णाको मुम्बईस्थित घरमा बिताएपछि आफ्नो परिवारसँग अष्ट्रेलिया फिर्ता भएका छन् । यस्तोमा उनले सोसल मिडियामार्फत् यो दिन मनाएका छन् । इबनले प्रशंसकको सवालको पनि जवाफ दिएका छन् ।




इबनले भने, ‘हामी यो दिन तपाईंहरु सबैसँग मिलेर मनाउन चाहन्थ्यौं । केही कागजी प्रक्रियापछि कृष्णा अष्ट्रेलिया आउनेछिन् र उनीसँग क्वालिटी टाइम बिताउनेछु ।’

इन्स्टाग्राम लाइभको क्रममा प्रशंसकले कृष्णा–इबनलाई विवाह गरिरसकेको हो भनेर सोधे । यसको जवाफमा इबनले भने, ‘विवाहको योजनामा छौं तर यदि विवाह भइसकेको भए हाम्रो हातमा औंठी हुन्थ्यो नि ।’

बास्केटबलका अन्तरराष्ट्रिय खेलाडी हुन् इबनः

इबन कहिले इजराइल त कहिले अष्ट्रेलिया, कहिले अमेरिकामा बस्छन् । भारतको पुणेमा जन्मिएका इबन बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनीसँग अष्ट्रेलिया र इजराइलको नागरिकता छ र संगीतप्रति पनि उनको ठूलो झुकाव छ ।’

पर्दा पछाडि काम गरिरहेकी छिन् कृष्णाः

२६ वर्षकी कृष्णा तेस्रोलिङ्गी समुदायमाथि बनेको एउटा डकुमेन्ट्रीको निर्देशक भइसकेकी छिन् । यसलाई उनी आफैंले छायांकन पनि गरेकी थिइन् । एक साइटलाई लिएको अन्तरवार्तामा कृष्णाले आफ्नो करियरबारे भनेकी थिइन्, ‘सुरुमा त म बलिउडमा आउन चाहन्थे तर पछि मलाई आफूले योभन्दा राम्रो गर्न सक्छु भन्ने लाग्यो । म बलिउडको पनि अनुभव लिन चाहन्थेँ त्यसकारण मैले ‘मुन्ना माइकल’ का निर्मातासँग मिलेर काम गरेँ ।’



सम्बन्धित
Loading...