विनयी त्रिवेणीको भानुदयमा माविमा क्वारेन्टिनमा बसेकाहरु भुईमा सुत्न बाध्य (भिडियो सहित)
https://youtu.be/1PIVFPeb93U
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ भानुदाय नमुना माविमा रहेको क्वारेन्टिनमा बसेकाहरुले आफूहरुलाई चिसो भुईमा सुत्न परेको गुनासो गरेका छन् ।
यहाँ १८ जना क्वारेन्टाइनमा रहेका छन् । यहाँ विनयी त्रिवेणी गाउँपालिका १ र २ का भारतबाट र अन्य जिल्लाबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने गरिएको छ ।
सम्बन्धित समाचार
सर्दीका १४ बर्षीय बालिकमा कोरोना संक्रमण पोजेटिभ
खाट अभावका कारण भुईमै ओछ्यान लगाएर सुत्नु परेको कतिपय कोठामा पंखा समेत नरहेको गुनासो उनीहरुले गरेका छन् ।
स्रोतका अनुसार विनयी त्रिवेणी गाउँपालिकाका अधिकांश क्वारेन्टाइनमा यस्तै समस्या रहेको छ ।
विनयी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आएको छ ।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले अहिले कसैले पनि खाट नदिने र बजारमा खाट नपाइने भएका कारण भुईमै सुताउन बाध्य भएको बताए ।
उनले भानुदय माविमा गएराति आएकाहरुलाई राखिएको कोठामा पंखा नभएको र तत्काल जडान गर्न निर्देशन दिईसकेको बताए ।



