नवलपुरका सर्जक सुरज विवश अन्तर्राष्ट्रिय संगितकर्मी २०७७ बाट सम्मानित



अर्जुन अविरल
नवलपुरका सर्जक सुरज गैह्रे विवश अन्तर्राष्ट्रिय संगितकर्मी २०७७ बाट
सम्मानित भएका छन् । विन्दवासिनी म्युजिक अवार्डले प्रदान गर्दै आएको विभिन्न अवार्ड मध्ये विवशलाई उक्त अवार्डले सम्मानित गरिएको हो । विभिन्न कलाकारहरूलाई अवार्ड प्रदान गरेर प्रोत्साहन गर्दै आएको विन्धवासिनी म्युजिक अवार्डको शुक्रबार मात्रै ११ औं शृङ्खला सम्पन्न भएको थियो । हरेक वर्ष हुने उक्त अवार्ड कोरोनाका कारण गतवर्ष रोकिएको थियो।



विभिन्न विधामा भव्य कार्यक्रमका बीच सम्पन्न अवार्ड अन्तर्गत “अन्तर्राष्ट्रिय संगीतकर्मी सम्मान २०७७” बाट सम्मानित सर्जक सुरज गैह्रे ‘विवश’ हाल दुबईमा कार्यरत रहेका छन् । सर्जक गैह्रेको यो सांगीतिक जीवनको पहिलो अवार्ड हो।

विवशको चलचित्र सेल्फी किङमा समाबेश निकै लोकप्रिय गीत “जिन्दगीको के छ र भर”ले उक्त विधामा अवार्ड चुम्न सफल बनाएको हो । यसरी आफुले लेखेको गीतबाट पहिलो अवार्ड पाउँदा एकदमै हर्षित र जिम्मेवारी बोध भएको सुरजले हामीलाई टेलिफोन मार्फत बताएका छन् ।




स्याङ्जा वालिङ्ग जन्मथलो भए पनि अहिले नवलपुरमा आफ्नो बसोबास बनाएका सुरज नेपाली सांगीतिक क्षेत्रमा अब्बल सर्जकको रुपमा चिनिन्छन् । मानिसको जीवन बोल्ने गीत सुरजले लेख्ने गर्छन् । उनका हरेक गीतहरुमा फरकपन पाइन्छ। उनले “धुजा धुजा पार्यौ मुटु” गीतबाट सांगीतिक श्रेत्रमा प्रवेश गरेका हुन् । ४ वर्ष अघि नै रिलिज भएको यो गीतलाई स्रोता दर्शकले अत्याधिक रुचाएका थिए। शिव परियारको आवाजमा रहेको उक्त गीतलाई दिपक शर्माले संगीत दिएका थिए।

पहिलो गीत नै सुपर हिट भएपछि सुरज झन् अन्य गीत लेख्न उत्साहित बने। बिस्तारै उनको सृजनाले फिल्ममा पनि अवसर पाउन थाले। त्यसैको उपज हो लोकप्रिय गीत जिन्दगीको के छ र भर। वास्तवमै यो गीत सुन्दा जोकोही भावुक हुने गर्छ। रिस, राग, घमण्ड , धन पैसामा झगडा गर्नु, तछाड मछाड गर्नु बेकार रैछ भन्ने बोध यो गीत सुनेपछि हुने गर्छ । रोजगारीको लागि दुबईमा सुरज काम गर्दै आएका छन् । काम एकातिर भएपनि उनले गीतरसंगीतको क्षेत्रमा काम गर्न भने छोडेका छैनन् । करिब यो वर्ष मात्रै उनले लेखेका आधा दर्जन बढी गीतहरू बजारमा रिलिज भइसकेका छन् । अझै रिलिज हुने तयारीमा पनि अन्य धेरै छन् ।

सुरजले सांगितिक जीवनको ४ वर्षमा करिब २ दर्जन बढी गीत लेखिसकेका छन् । जसमध्ये दर्जन बढी लोकप्रिय छन् ।



सम्बन्धित
Loading...