एमसीसी पास नगर्ने भए सरकार छोडः काँग्रेस उपाध्यक्ष गुरुङ – भिडियो सहित




नवलपुर । नेपाली काँग्रेसका उपाध्यक्ष धनराज गुरुङले एमसीसी पास नगर्ने भए सरकार छाडेर जाने चेतावनी दिएका छन् ।

उनले सत्तागठबन्धन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दललाई लक्षित गरी यस्तो चेतावनी दिएका हुन् ।




नेपाल प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले घर झगडा गर्नेसँग सहकार्य सम्भव नभएको भन्दै उनले एमसीसी पास नगर्ने भए नैतिकताको आधारमा सरकारमा बस्न नमिल्ने बताए ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी पास गर्न नसघाए नेकपा एमालेले सघाउने उनको विश्वास थियो ।

नेपाली काँग्रेसका केन्द्रिय उपाध्यक्ष गुरुङले एमसीसी पास गर्न साथ नदिए अबको स्थानीय चुनावमा पनि सत्ता गठबन्धनको गठबन्धन नुहने चेतावनी दिए ।

 

 

काँग्रेस नवलपुरका अधिवेशनः जिसी Vs बालकृष्ण

 

स्थानीय तह निर्वाचनः कावासोतीमा एमालेबाट मेयरमा क–कसको चर्चा

 



सम्बन्धित
Loading...