कमेडी विषयमा बन्यो ‘सर्खारको सर’


 



 

कमेडी टेलिसिरियल ‘सर्खारको सर’ निर्माण भएको छ । सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेनमेन्टको ब्यानरमा सिरियल निर्माण भएको हो । सिरियलका निर्देशक बिनय पौडेल रहेका छन् ।

 

 




राजनीतिक विकृति विसंगतिसँगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्या उजागर गर्ने उदेश्यले सिरियल निर्माण भएको हो । सिरियलमा कलाकार दीपक आचार्य, रविन्द्र झा र सिपी पुडासैनीको मुख्य भूमिका रहेको छ ।

 

 

रघुनाथ सापकोटा र लीला केसीको निर्माण रहेको सिरियलमा दीपक, रविन्द्र, सीपीको अलवा लीला केसी, जगदीश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी,मरिना गुरुङ, सुरज अधिकारी लगायतका कलाकारको अभिनय छ ।

 

 

जीवन पराजुलीको छायाङ्कन, रोहन जिरेलको सम्पादन रहेको सिरियलका सह निर्माता नवराज भण्डारी हुन् । सिरियल छिट्टै टेलिभिजनमार्फत प्रसारणमा आउने निर्माता रघुनाथ सापकोटाले बताए । सिरियल ‘सर्खारको सर’ को डिजिटल पार्टनर डीएआर मुभिज रहेको छ ।

 

 



सम्बन्धित
Loading...