समुह अनुसार हेर्नसहोस

चितवन

एकैदिन २८ सङ्क्रमितको मृत्यु, चितवनमा १२ दिनमा २१८ जना थपिए

भरतपुर । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयले गरेको प्रेस भेटघाटका क्रममा नेपालका विभिन्न अस्पतालमा चौबीस घन्टामा २८ जनाको मृत्यु भएको…

चितवनका सातै पालिकामा कोरोना पुनः सक्रिय

भरतपुर । सक्रिय सङ्क्रमितको संख्या बढेसँगै चितवनका सातवटै स्थानीय पालिकामा पुनः कोरोना सङ्क्रमण फैलिएको छ । केही दिनअघिसम्म सङ्क्रमितको संख्या शून्य भएको माडी र इच्छाकामनामा पनि एक/एक जना सक्रिय सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालय…

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

पोखराका कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका-८ का ७२ वर्षीय वृद्ध छन्। मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३०…

भरतपुरबाहेक सबै पालिकामा चले विद्यालय

भरतपुर । चितवनको भरतपुर महानगरबाहेक अन्य ६ वटा पालिकामा भौतिकरुपमै विद्यालय सञ्चालन गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरको प्रकोप बढिरहेको भन्दै नेपाल सरकारले चितवनको भरतपुर महानगरका सबै विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरे पनि अन्य…

चितवनमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट…

चितवनको तरकारीमा अत्यधिक विषादीको प्रयोग

भरतपुर । गर्मी लागेसँगै चितवनमा उत्पादन भएका तरकारीहरुमा अत्यधिक विषादी भेटिन थालेको छ । गर्मीयाममा तरकारीहरुमा रोगकीराहरु बढी लाग्ने भएकाले यहाँका किसानहरुले जथाभावी विषादी प्रयोग गर्न थालेका छन् । गएको फागुनदेखि तरकारीहरुमा…

प्रहरी महानिरीक्षकले गरे मौलो पूजा

भरतपुर । कोरोना भाइरसको दोस्रो लहरको प्रकोप बढिरहेका कारण सरकारले भरतपुर महानगरका सबै विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाबाट अतिप्रभावित भएका १४ जिल्लाका सहरी क्षेत्रका सबै विद्यालय…

मानव बेचबिखन आरोपमा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४०वर्षीय कुमार गौतम रहेका छन् । गौतमले आफ्नै…

चितवनमा कोरोना पुष्टिको एक वर्ष पूरा

रत्ननगर । राप्ती नगरपालिका–८ बह्मनगर गाउँकी विनाकुमारी पुनलाई कोरोना सङ्क्रमण पुष्टि हुँदा छिमेकी रामकृष्ण केसीको होसहवास उड्यो । उनलाई २०७७ साल वैशाख ५ गते अर्थात् एक वर्षअगाडि आजकै दिन कोरोना पुष्टि भएको थियो । उनी ब्रह्मनगरकी मात्र…

अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताउनुभएको छ । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उहाँले यसको गम्भीर अनुसन्धान गरेर…