समुह अनुसार हेर्नसहोस

समाचार

भाले गैंडा सदर चिडीयाखाना पठाइयो

चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैंडा (माइला)लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ । वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयानुसार २३ महिनाको सो गैंडालाई बुधबार साँझ…

डलर सहटी गर्ने भनि झुक्काएर ३० लाख ठगी गर्ने दुई जना पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । झण्डै दुई महिना अघि अमेरिकी डलर सटही गर्ने भन्दै झुक्काएर ३० लाख रुपैयाँ ठगि गर्ने २ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नवलपुरको गैडाकोट नगरपालिका ३ स्थित ढोडेनी जंगलमा अमेरिकी डलर सटही गर्ने…

पश्चिम नवलपरासीमा ३० लाख बढीको अवैध सामग्री बरामद

कुसुम परियार - पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ६ बेतानी स्थित बर्दघाट त्रिवेणी भित्री सडक खण्डमा प्रहरीले ३० लाख ५३ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ । सडक किनारमा वेवारिसे अवस्थामा फेला परेको सेतो रंगको प्लाष्टिकको…

जनजाति महासंघको उद्घोषण तालिमको समापन

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ कावासोती १ वडा समन्वय परिषदको आयोजनामा कावासोती १ मा भएको ७ दिने नेतृत्व विकास क्षमता अभिवृद्धि तथा उद्घोषण तालिमको आज समापन गरिएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख फूलकुमारी…

नारायणी नदीमा महिलाको शव फेला

भरतपुर । भरतपुर महानगरपालिका वडा नं-४, रामघाटस्थित नारायणी नदीमा महिलाको शव फेला परेको छ । नारायणी नदीको बीच भागको टापुमा हाल नामथर, वतन नखुलेको अन्दाजी ४५ वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो । अस्थायी प्रहरी पोस्ट,…

नवलपुरको गैडाकोटमा सार्वजनिक सवारी साधन रोक्न खोज्ने २ जना पक्राउ

नवलपुरको गैडाकोटमा सार्वजनिक सवारी साधन रोक्न खोज्ने २ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिकाको पुलको मुखमा पूर्वपश्चिम राजमार्गमा सार्वजनिक सवारी साधन रोक्न खोज्ने दुई जनालाई पक्राउ गरेको हो ।…

जंगली जीव जनवारबाट रक्षा गर्न बोटे समुदायले गरे नदी पुजन

रामकुमार श्रेष्ठ - नवलपुर । बोटे समुदायले बर्षमा एक पटक गर्ने नदी पुजन अर्थात बड्को बार्ना पुजा यस बर्ष पनि गरेको छ । आज कावासोती १५ अमलटारीमा खोला किनारमा जम्मा भएर नवलपुरका बोटे समुदायले बड्को बार्ना पुजा गरेका हुन् । नवलपुरको…

देवचुलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु, पाँच घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली–२ दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् । बुटबलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च ४६१६ नम्बरको…

सडकमा पानी नहालेको भन्दै चोरमारामा चक्काजाम

नवलपुर । पूर्वपश्चिम राजमार्गमा पानी नहालेको भन्दै मध्यबिन्दु ७ स्थित नमुना टोलमा नयाँ स्थानीयले दिउँसो चक्काजाम गरेका हुन् राजमार्गमा उडेको धुलोले स्वास्थ्यमा गम्भीर असर पुर्याएको र सम्बन्धित निकायले समयमै पानी नहाल्ने गरेको भन्दै…

नवलपुरमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ८ जना घाइते

नवलपुर, जेठ १८ गते । पूर्व–पश्‍चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोट र देवचुलीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ८ जना घाइते भएका छन् । गैँडाकोट–८ बिजयचोकमा माइक्रो बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दाङबाट काठमाण्डौतर्फ जाँदै…