समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

२२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलियोः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले विभिन्न २२ जिल्लामा डरलाग्दो गरी कोरोनाभाइरसको संक्रमण फैलिइरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे,…

बाँकेका विभिन्न अस्पतालमा एकैदिन ११ जनाको मृत्यु

नेपालगञ्ज - बाँकेका विभिन्न अस्पतालमा भर्ना हुन आएका ११ जना कोरोना संक्रमितको एकैदन मृत्यु भएको छ ।  यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १११…

दुई मन्त्रीमा कोरोना संक्रमण पुष्टि

खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण पुष्टि भएपछि…

आईसीयू नपाएपछि इमर्जेन्सी वार्डमै संक्रमितको मृत्यु

१७ वैशाख, बुटवल । कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा एकजना संक्रमितको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै मृत्यु भएको छ । वैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण…

मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक सल्यक्रिया

कावासोती । पूर्वी नवलपरासीको को कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा शल्यक्रिया भएको छ । ६४ बर्षीय एक पुरुषको हर्नियाको निशुल्क अप्रेशन गरिएको हो । मध्यविन्दु जिल्ला अस्पतालमा यो नै पहिलो शल्यक्रिया भएको मध्यविन्दु जिल्ला…

बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु

बाँके । लुम्बिनी प्रदेशको बाँकेमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका-४ का ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ की ४३ वर्षीया महिला, नेपालगञ्ज-९ का ४२ वर्षीय पुरूष, बर्दियाको बढैयाताल गाउँपालिका -८ का…

चितवनमा चौबीसघन्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर । चितवनमा गत चौबीसघन्टामा चितवन मेडिकल कलेज र भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा १०६ र भरतपुर अस्पतालमा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।…

बुटवलको कोरोना विशेष अस्पतालमा थप तीन जनाको मृत्यु

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आज थप तीन जना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुने सवै रुपन्देहीका विरामी हुन् । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार  बुटवल उपमहानगरपालिका–११ का ३१ वर्षीय पुरुषको कोरोना…

बुधबार २४ घण्टामा १७ जना कोरोना संक्रमितको मूत्य

आज बुधबार नेपालमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मूत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल मृतक संख्या ३ हजार २११ जना पुगेको छ । नेपालमा कूल कोरोना संक्रमित संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ । साथै…

२४ घण्टामा ४ हजार ८९७ जनामा संक्रमण पुष्टि

२४ घण्टामा थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ​८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।…