समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

मध्यविन्दुमा स्थानीय वन ऐन, जलस्रोत ऐन र संघसंस्था दर्ता ऐन गरी तिन वटा स्थानीय ऐन पारित

मध्यविन्दु । नवलपुरको मध्यविन्दु नगरपालिकाको नगरसभाले तिन वटा स्थानीय ऐन पारित गरेको छ । नगरसभाको चौधौँ बैठकले स्थानीय वन ऐन २०८०, स्थानीय जलस्रोत ऐन २०८० र स्थानीय संघसंस्था दर्ता ऐन २०८० पारित गरेको हो । विधायन समितिका संयोजक…

स्वमूल्याकंनमा सुस्ता गाउँपालिका जिल्लाको अन्तिम स्थानमा

श्याम थापा – सुस्ता ७ माघ – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (LiSA) को नतिजामा जिल्लाको अन्तिम अर्थात सातौं स्थानमा आएको छ । जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता…

काठमाडौंका बालेन पछि धरानका हर्क साम्पाङले किन हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर…

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए । ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको…

कृषि गर्न चाहने भूमिहीनहरुलाई मध्यविन्दु नगरपालिकाले जग्गा उपलब्ध गराउने

प्रिय धन — ९ मंसिर २०८० । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले नगरभित्रका भूमिहीनहरुका लागि जग्गा उपलब्ध गराउने बताउनुभएको छ । आज रेशम फिरिरी नेपाल संस्थाद्वारा आयोजित वनभोज कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा…

पत्रकार विनै पत्रकार सम्मेलन

असोज २४, बर्दघाट, पश्चिम नवलपरासी । पत्रकारहरुलाई खबर नै नगरी पत्रकार सम्मेलन भनिएकोमा बर्दघाट प्रेस क्लबको भत्सर्ना गरेको छ । आज ९बुधबार० प्रेस विज्ञप्ति जारी गरी बर्दघाट १४ मा रहेको उदय युवा क्लबले पत्रकारको उपस्थिति विना नै…

कावासोती नगरपालिकामा तलब दिएर राजनीतिक सल्लाहाकार राखेको भन्दै विरोध

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगर प्रमुख विष्णु भुसालको राजनीतिक सल्लाहाकार र कानुनी सल्लाहाकारका रुपमा राखेका व्यक्तिहरुलाई तलब दिइएको भन्दै त्यसको व्यापक विरोध भएको छ । नगर प्रमुख भुसालले राजनीतिक सल्लाहाकारको…

पूर्वाधार बिकास संगै मानविय बिकास नगरको प्राथमिकता: नगर प्रमुख अधिकारी

मध्यविन्दु । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरबासी नागरिकहरुले अनुभुति गर्नेगरी पूर्वाधार संगै मानविय बिकासको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भएको छ । बुधबार जिल्लामा क्रियाशिल पत्रकारहरुसंग भेटघाट…

मध्यविन्दु नगर अस्पतालमा अन्तरङ्ग सेवा शुरु

मध्यविन्दु । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगर अस्पतालमा बिरामी भर्ना सेवा शुरु भएको छ । सोमबार मध्यविन्दु नगरपालिकाका नगर प्रमुख एवम् अस्पतालका अध्यक्ष भिमलाल अधिकारीले अस्पतालमा अन्तरङ्ग सेवाको उद्घाटन गर्नु भएको हो । यस…

हुप्सेकोट गाउँपलिकामा दुध उत्पादक किसानलाई बाढ्यो दुई लाख ८६ हजार रुपैयाँ अनुदान, अब प्रतिलिटर १०…

नवलपुर । नवलपुरकोे हुप्सेकोट गाउँपालिकाले यहाँका दुग्ध उत्पादक किसानका लागि दुई लाख ८६ हजार ६ सय १९ रुपैयाँ अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा दुइ वटा सहकारी संस्था मार्फत किसानलाई अनुदान उपलव्ध गराईएको हुप्सेकोट…

बुलिङटारको १२ औँ गाउँसभा तेस्रो पटक पनि स्थगित

नवलपुर । बुलिङटार गाउँपालिकाको १२ औँ गाउँसभा लगातार तेस्रो पटक पनि स्थगित भएको छ । गणपुरक सङ्ख्या नपुगेपछि १२ औँ गाउँसभा (हिउँदे अधिवेशन) बस्न सकेको छैन । आइतबार फागुन २१ गतेका लागि आह्वान गरिएको १२ औँ गाउँसभामा समेत गणपुरक सङ्ख्या…