सहकारी प्रकरणः सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन

सहकारी ठगी प्रकरण छानबिनका लागि नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन विशेष समिति गठन भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सातसदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा…

नवलपुरमा गोहीको आक्रमणबाट घाइते

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको तम्सरिया ६ भण्डारा निवासी ४६ बर्षीय खोरबहादुर थारु गोहीको आक्रमणबाट घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु ६ उल्टिखोलामा…

गणतन्त्र दिवसको अवसरमा कावासोतीमा शुभकामना आदानप्रदान

कावासोती । नवलपुरको कावासोतीमा गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा कावासोतीमा शुभकामना आदानप्रदान गरिएको छ । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम…

नवलपुरमा बस दुर्घटना ८ जना घाइते

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरको गैडाकोट ९ थुम्सी स्थित पूर्वपश्चिम राजमार्गमा अवरुद्ध सडकमा यात्रु वाहक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । गएराति पौने १ बजेतिर ओरालोमा लु १ ख ८५१३ नम्बरको यात्रु वाहक बसले अचानक ब्रेक…

नवलपरासीमा ठाउँठाउँमा सडक अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपरासी । गएराति आएको पानीले नवलपुरको ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै…

कावासोतीमा नेविसंघको राँके जुलुस, प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाए

नेपाल विद्यार्थी संघले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । सोमबार नेपाल विद्यार्थी संघ लुम्विनी आदर्श डिग्री कलेज इकाई समितिको नेतृत्वमा प्रधानमन्त्री दहाल र गृहमन्त्री लामिछानेको पुत्ला…

पोखरी र खोलामा डुबेर २ जनाको मृत्‍यु

विराटनगर । मोरङको छुट्टा छुट्टै स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । लेटाङको राजा–रानी पोखरी र कटहरीको सुखानी खोलामा डुबेर दुई जनाको मृत्यु भएको हो । राजारानीमा पानी जम्मा गर्नका लागि स्थानीय उपभोक्ताले वनभित्रको जमिनमा बनाएको…

अफगानिस्तानमा बाढीका कारण १६ जनाको मृत्यु

काबुल । अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीमा १६ जनाको मृत्यु भएको टोलो न्यूजले जनाएको छ । प्रभावित प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार बाढीमा पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ । टोलो न्यूजकाअनुसार…

पर्यटकमाथि निगरानी बढाउँदै दुबई

दुबई । संयुक्त अरब इमिरेट्सले पयर्टकहरूमाथि निगरानी बढाउने भएको छ । पर्यटक भिसाको दुरुपयोग रोक्न दुबई र आबु धाबीले विमानस्थलमा पर्यटकमाथि चेकजाँच कसिलो पारेका हुन् । त्यता घुम्न जाने पर्यटकहरूको बैंक खाता वा क्रेडिट कार्डमा कम्तीमा…

कान्तिपुरका अध्यक्ष सिरोहियालाई अझै तीन दिन हिरासतमा रहने

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ । अदालतका न्यायाधीश यदुराज शर्माको एकल इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई…