कावासोतीमा गैडाको शंकास्पद मृत्यु, अनुसन्धानका लागि एक जना निकुञ्जको नियन्त्रणमा

शोभा जि.सी. - नवलपरासी, २० पुस । आइतबार विहान कावासोतीमा मृत अवस्थामा भेटिएको गैडाको मृत्यु शंकास्पद भएको चितवन राष्ट्रिय निकञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जको चिफ वार्डेन नारायण रुपाखेतीले गैडाको मृत्यु शंकास्पद भएकोले…

विप्लवका कार्यकर्ता शाही पक्राउ

दाङ, २० पुस । दाङ प्रहरीले नेत्र विक्रम चन्द (विप्वल) समुहका एकजना कार्यकर्तालाई आइतवार दिउँसो पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी अर्जुन शाहीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका साधा पोशाकका प्रहरीले पश्चिम दाङवाट…

कावासोतीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

नवलपुर । मोनिका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आईतवार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । कावासोती नगरपालिका वडा नम्बर १ वालुवाडाडामा रहेको जलदेवी प्राथमिक विद्यालयका सम्पूर्ण १८ जना विद्यार्थीलाइ न्यानो कपडा वितरण गरेको हो ।…

राईजिङ्ग स्टार सहकारी भुमहीको साधारण सभा

पश्चिम नवलपरासीको सुनवल नगरपालिका भुमहीमा रहेको राइजिङ्ग स्टार वचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण भएको छ । साधारण सभालाई सम्बोद्धन गर्दै सुनवल नवलपरासीका प्रमुख भिमबहादुर थापा क्षेत्री भरतले नगर क्षेत्र भित्र रहेको…

भरतपुरसम्म रेल ल्याउन डिपिआर सम्झौता, पन्ध्र महिनाभित्र सम्पन्न हुने

मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच हालै डिपिआर सम्झौता भएको हो । पन्ध्र…

लिवियामा शैक्षिक संस्थामा हवाई आक्रमण ,२८ विद्यार्थी मारिए

लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् । शनिबार अबेर यहाँस्थित सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी मारिएका बताइएको छ । सो आक्रमणबाट अरु १८ जना घाइते…

चितवनको माडी नगरपालिकाले ज्येष्ठ किसानलाई पेन्सन दिने

चितवनको माडी नगरपालिकाले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई पेन्सन दिने भएको छ । वडा नं ८ कान्तिपुरमा शुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पेन्सन पाउने भएका हुन् । सामूहिक खेतीमा आबद्ध भएका…

आजदेखि मौसममा सुधार

पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आइतबादेखि सुधार भएकाे छ । शनिबारसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएकाले आइतबारदेखि देशभर मौसम सुधार हुँदै गएको मौसमविद् प्रतिभा मान्धरले बताइन् ।…

सुनको मूल्य अहिलेसम्मकै उच्च, इरान र अमेरिकाद्वन्दले बजारमा असर

इरान र अमेरिकाबीच बढ्दो तनावको असर नेपाली सुन बजारमा पनि देखिएको छ । नेपाली बजारमा सुनको मूल्य आइतबार हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । यसअघि ७३ हजार ५ सय सबै भन्दा उच्च बिन्दुमा रहेको सुनको मूल्य आइतबार ७५ हजार ५ सय पुगेको छ…

इरानले हमला गरे, ५२ स्थान ध्वस्त पार्ने ट्रम्पको चेतावनी

जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीच द्वन्द्व बढेको छ । इरानले आफ्ना नेताको हत्याको बदला लिने बताइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले हमला गरे इरान ध्वस्त पार्ने चेतावनी दिएका छन् ।…