स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ
सर्लाही, चैत १९ । मलंगवा नगरपालिका–९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सोही नगरपालिका–३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारीलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।…