तिहार र गाइको महत्व

4 162







लेखकः काशीनाथ गैरे, कावासोती

नेपालमा मनाइने महान् चाडपर्वहरु मध्ये सबैभन्दा महत्वको पर्व विजया दशमीलाई मानिन्छ । साथै तिहार अर्थात दिपावली पनि त्यतिकै महत्वको चाड हो । नेपालका चाडपर्व भनिरहँदा दशै, तिहार, छठ, ल्होसार, नेपाल सम्वत्, इद इत्यादि छन् ।
विजयादशमी दानवीय प्रवृत्तिको नास र मानवीय प्रवृत्तिलाई स्थापित गर्न देवी भगवतीले शक्तिको आरधाना गरी शिवशक्ति प्राप्त गरी तन्त्रशिद्धिद्वारा रणचण्डिकाको स्वरुप बनाई तत्कालिन महिषासुर (जसलाई हामी दानव भनेर चिन्दछौं) को शासनलाई अन्त्य गरेको खुसीको रुपमा मान्ने गर्दछौं।


देवीले दानवका सेनाहरु चण्डमुण्ड शुम्भनिशुम्भ सहितको फौजलाई बध गरी शासनसत्ता आफ्नो हातमा लिएर मानवीय समाजको स्थापना गरेको त्यस महान दिनलाई विजयादशमीको रुपमा मनाउने चलन चल्दै आएको छ। त्यसबेलादेखि नारीलाई शक्तिको प्रतिक मानी (यत्र पुज्यतीय नारी तत्र रमयते देवता) नारीको जहाँ पुजा हुन्छ त्यहाँ देउता रमाउँछन् भनेर भनिन्छ । यो पर्व हाम्रो अत्यन्त गौरवशाली पर्वको रुपमा मनाउँदै देशको संस्कृतिको रुपमा एउटा गहनाको रुपमा स्थापित भएको छ।
यस पर्वलाई आज कसैले ब्राम्हणको मात्रै चाडपर्व भन्ने विरोध गर्ने, टिका लगाउन हुँदैन भन्ने जस्ता भ्रमित कुराहरु गरेर आफै र अरुलाई देखाउने गरेका छन् तर यसरी हेर्दा कसैले पनि यस पर्वको नाममा घृणा, द्वेश वा द्वन्द चर्काउन पर्ने आवश्यकता छैन। तर वास्तवमा यसले मानव जातिलाई असत्यको बाटो त्यागेर मानवताको सत्य पथ तिर लाग्न, कसैलाई पनि दानवीय व्यवहार त्याग्न प्रेरणा प्रदान गर्दछ । जस्तैः अर्कालाई दुःख नदेउ, अरुको उपकार गर, सके अरुलाई घृणा हैन सम्मान देउ, दुखीलाई सहयोग गर, नसके दुख नदेउ, सबै एकैनाश समान भएर बस्न सिक, मानवीय प्रवृत्तिलाई अंगिकार गर, अरुको भलोमा आफ्नो भलो छ भन्ने कुरा अंगिकार गर्नु नै यसको मुल उद्देश्य हो । यस्तो राम्रो संस्कार बोकेको पर्व संसारमा कुनै सम्प्रदाय कुनै समूहमा छैन, यस संस्कृतिको हामीले छात्तीठूलो बनाएर गौरव गर्नु पर्ने हुन्छ।
आजभोलि दशैंतिहारको अगाडि शुभकामना आदानप्रदान गर्ने कार्यक्रम गर्ने चलन आएको छ। यसलाई एउटा राम्रो पक्षको रुपमा लिन सकिन्छ । देशको कुना कुनामा, राजनीतिक पार्टीहरुमा, संघसंस्थामा विद्यालयमा विभिन्न स्थानमा मनाएर यस पर्वको जगेर्ना गर्न खोज्नु अत्यन्तै राम्रो कार्य मान्छि। तरशुभकामना आदानप्रदान गर्ने नाममा राजनीतिक भाषण गर्ने थलो बनाइनु भने पक्कै दुखको कुरा हो । शुभकामना आदानप्रदान कार्यक्रम भन्ने पुरै समय राजनीतिक चर्चापरिचर्चा गर्ने र अन्तिममा ५ अक्षरको शुभकामना मात्र जोडेर शुभकामना आदानप्रदान गरेको ठहरिदैन। यसले पर्वको महत्व दर्शाउँदैन, बरु नयाँ पीढिमा पर्वप्रतिको आकर्षण घट्दै जान सक्छ । यस्ता कार्यक्रममा कम्तिमा स्वागत मन्तव्य वा त्यस अगाडि पछाडि एक जनाले यस्ता पर्वको धार्मिक, ऐतिहासिक महत्वको बारेमा बुझाउन, व्याख्या गर्न जरुरी छ । सस्कृतिको नाममा राजनीति भाषण गर्ने थलो बनाउने हो भने शुभकामनाको औचित्य के रह्यो । यस आलेखमा आउँदै गरेको तिहार पर्व र त्यसको महत्व जोड्न सान्दर्भिक देखिएर तिहारसँग जोडिएका केही धार्मिक र वैज्ञानिक कारणहरु चर्चा गरौं ।


तिहारमा लक्ष्मी पुजा गर्ने, लक्ष्मीको आरधाना गर्ने, गाई पुज्ने, काग पुज्ने, कुकुर पुज्ने र भाई टिकामा दिदी बहिनीले दाजुभाईलाई आर्शिवाद दिँदै दीघार्यूको कामना गर्दै टिका लगाइदिने चलन छ । यस क्रममा यम पञ्चक अर्थात तिहारको भाइटिकाको दिन टिका लगाउँदा प्रयोग गरिएको तेल नसुकुन्जेल र मखमली फूलको माला नओइलाउन्जेल यमराजले पनि लैजान सक्दैन भन्ने मान्यता छ । यसले पनि तिहारको महत्व कति छ भन्ने बुझाउँछ । हामी जीव, जन्तुदेखि वृक्षसम्म सबै प्रकृत्तिका सन्तती हौं। हाम्रो लागि पशु पंक्षि तथा जंगल त्यत्तिकै महत्व पूर्ण छन् । ५ हजार बर्ष पहिले पनि शास्त्रले वर्णन गर्दै आएको तथ्यलाई आज वैज्ञानिकहरुले त्यही हाम्रो पुराणले भनका कुराहरु पुष्टि गरेका छन्।
तसर्थ हाम्रो गरिमामय संस्कृतिलाई भुलेर अथवा अज्ञानताबस तपाईहरु अनेत्र जानु भएको छ, गरिमामय संस्कृतिलाई विर्सनु भएको छ भने फर्किनुहोस् । कैलालीका केही थारुहरु आफ्नै संस्कृतिमा आउनुभयो ।
तपाईरुलाई सानो उदाहरण राख्न चाहान्ुछ, हिन्दु संस्कृतिमा गाईलाई पुजा गरिन्छ भने गाईको गोबर, गहुँत र दुधलाई अमृत मानिन्छ । यही कुरा अहिले आएर वैज्ञानिकहरुले बल्ल प्रमाणित गर्दैछन् । साच्चै गाईको दुधमा धेरै किसिमका गुणहरु पाइदो रहेछ । जबकी अरु कुनै जनवारको दुःधमा त्यतिका गुण पाइदैन। क्याल्सियम, फस्फोरस, भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन डि, भिटामिन ई, भिटामिन एफ र अन्य धेरै गुणहरुले युक्त छ। त्यस्तै गाईको गहुँत (मुत) को मात्रा मिलाएर खानाले शरिरमा भएको क्यान्सदेखि लिएर पचासौं किमिसका रोग निको पार्ने औषधीय गुण भएकोले यो औषधि युक्त छ भन्ने वैज्ञानिकहरुले पनि प्रमाणित गरेको छ ।
योगी सोमराजकै पहलमा यो प्रमाणित भएको हो। रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाउनुभयो । सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा ३१ प्रतिशतले कमी आएको तथ्य सार्वजनिक ग¥यो ।
त्यस्तै गोबरले लिपेको ठाउँमा हामीलाई रोग सार्ने जिवाणुहरु आउन सक्दैन । त्यसैले गोबरले लिपेको ठाउँ शुद्ध मानिन्छ । गाईलाई संरक्षण गर्नु पर्छ, यसलाई हत्या गर्ने र काटेर मासु खाने भन्दा पनि संरक्षण गर्नु उपयुक्त हुन्छ भनेर आज आएर विज्ञानले पुष्टि गरेको छ भने हाम्रो पुराण ग्रन्थहरुले सदियाँै पहिले पुष्टि गरिसकेको थियो । यस्तो हाम्रै मौलिकता बोकेको परम्परालाई छाड्नु भनेको त्याग्नु भनेको आफ्नो खुट्टामा आफैल बन्चरो हान्नु जत्तिकै हो ।

यो पनि पढ्नु होला

बहुसंस्कृतियुक्त तिहार

 

तसर्थ मुर्खले राम राम भनेर पछि कैची काटे अन्तरघात गर्ने काम नगरौं। संस्कृतिको बारेमा स्पष्ट पार्नु पनि हामी सबै नागरिकको कर्तव्य हो ।
अचम्मको कुरा के छ भने हाम्रो देशका अबुझ वा अनपढ नागरिकहरु लहैलहैमा आयातित धर्मतिर लागिरहेका छन् भने हाम्रै देशमा हाम्रो मौलिकता बोकेका धर्म, संस्कृति चाडपर्वहरु भने छाडेका छन् । संस्कृतिको नाममा, विकृति भने त्याग्नु पर्छ यसमा कसैका दुई मत छैन। अहिले हामीले हेर्न सक्छौं जर्मनीमा १४ वटा विश्व विद्यालयका सयौं कलेजहरुमा संस्कृत विषय पढाई हुने गरेको छ। हाम्रो वेद, उपनिषद, पुराण, ज्योतिष शास्त्रको अध्ययन हुन्छ । किनभने विश्वमा अत्यन्त गहन, विशाल शास्त्रको भण्डार विचारको सागर, सत्यको गोरेटो हो यो, विश्वकै पुरानो शास्त्र हो यो। अरुले भनेका पछाडि होइन कि हाम्रा वेद, शास्त्र, श्रीमद्भागवत, गीता, उपनिषद आदिलाई अध्ययन गरेर मात्र पाइला चाल्नुहोस् नत्र कालान्तरमा धोका हुने छ ।

You might also like
Loading...