हुप्सेकोट गाउँपालिकामा तालाबन्दी हुँदा सेवा प्रभावित




हुप्सेकोट गाउँपालिका कार्यलयको सवारी साधनले ठक्कर दिँदा बौदीकाली गाउँपालिका–४ घर भई हाल हुप्सेकोट गाउँपलिका–४ झ्यालबास बस्ने ५ वर्षीय बालक दिपु गाहाको निधन भएको विरोधमा स्थानीयले माघ ७ गते देखि हुप्सेकोट गाउँपालिकाको कार्यालयमा अनिश्चित तालाबन्दी गरेका छन् ।

स्थानीयले गाउँपालिकामा तालबन्दी गर्दा गाउँपालिकाको सबै सेवा प्रभावित भएको छ ।




गाउँपालिकाका प्रशासन शाखा अधिकृत शिव सुवेदीले व्यक्तिगत प्रयोजनको लागि गाउँपालिकाको सवारी सिक्ने क्रममा दुर्घटना हुदाँ बालकको मृत्यु भएको भन्दै स्थानीयले दुर्घटना भएकै दिन माघ ७ गते देखि गाउँपालिका सहित सबै वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

वडामा लगाइएको ताला माघ १२ गते देखि खुलेको भएपनि गाउँपालिकाको तालाबन्दी खुलेको छैन । जसको कारण गाउँपालिकाको सेवा प्रभावित भएको छ ।

तालाबन्दीको कारण गाउँपालिकाबाट सम्पादन हुने दैनिक काम प्रभावित भएको छ । व्यक्तिगत घटना दर्ता, सिफारिस लगायत अन्य सम्पूर्ण सेवाहरु ठप्प भएका छन् ।

स्थानीय सुजर सापकोटाका अनुसार गाउँपालिकाको सवारीको दुरुपयोग र बालकको मृत्यु सम्म भएको घटनामा स्थानीय तह गम्भीर नभएको कारण तालाबन्दी गरिएको हो ।

माघ १२ गते स्थानीयहरुले एक विज्ञप्ति जारी गर्दै आरोपित सुवेदीलाई गिरफ्तार गर्न गिरफ्तारी पुर्जी जारी भएको कारण स्थानीय सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै वडा तहमा लगाइएको ताला खुलाइएको जनाएका छन् ।

आरोपितको गिरफ्तारी  र पीडितले न्याय नपाउँदा सम्म गाउँपालिकाको तालाबन्दी नखुल्ने उनीहरुले जनाएका छन् । घटनाको विषयमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसंँग सम्पर्क गर्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।

 

हुप्सेकाेटका बासिन्दाद्वारा प्रशासनमा धर्ना

 

हुप्सेकोटमा लागेको वडा कार्यालयको ताला खुल्यो

 

 



सम्बन्धित
Loading...