नारायणी नदीमा हाम फालेर १ जना महिला वेपत्ता




नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका २ नारायणी नदी पुलबाट नारायणी नदीमा हाम फालेर एक जना महिला वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो सवा ३ बजेतिर नाम थर वतन नखुलेको अन्दाजी ६०÷६५ बर्षीया महिला वेपत्ता भएकी हुन ।



पहेलो सारी, पहेलो ब्लाउज लगाएकी महिला हाम फालेको भनि पैदल यात्री मार्फत जानकारी प्राप्त हुना साथ निजको खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

वेपत्ता महिलाको खोजी कार्य जारी रहे पनि अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

 

 


सम्बन्धित
Loading...