वार्षिक अभिलेख

२०८२ असार २९ गते, ०९:२८

राहत कोषका लागि ९९ रुपैयाँ संकलन अभियान

नवलपुर । नवलपुरमा रहेका मोबाइल व्यवसायीहरुले राहात कोषका लागि ९९ रुपैयाँ संकलन अभियान शुरु गरेको छ । नेपाल मोबाइल व्यवसायी महासंघको स्थापना दिवसको अवसर पारेर नेपाल मोबाइल व्यवसायी संघ नवलपुरले विपतमा परेका व्यवसायीहरुलाई राहत उपलब्ध…

नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका १ बेलुवामा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट १ बेलुवा निवासी ३८ बर्षीय दिपेन्द्र शेर्पुन्जा घाइते भएका हुन् । आज विहान…

माल्टाको समुन्द्रमा डुबेर नवलपुरका युवकको मृत्यु

नवलपुरका युवा रोबर्ट न्यौपाने (एलिस) को माल्टामा मृत्यु भएको छ । देवचुली नगरपालिका १३ दलदले घर भएका न्यौपानेको समुन्द्र किनारमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । उहाँ विगत २० महिनादेखि रोजगारीका लागि माल्टाको ओर्मीमा बसोबास गर्दै आएका…

कावासोतीमा एक जना महिला मृत फेला

नवलपुर । नवलपुरको कावासोती २ हाट बजारमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नाम, थर वतन नखुलेको अन्दाजी ४५ बर्षीया मंगोलिन वर्णको महिला मृत अवस्थामा फेला परेकी हुन् । उनका सनाखत हुन नसकेको…

त्रिवेणीमा एक जना पुरुषको शव फेला, भोटेकोशीमा वेपत्ताको हुन सक्ने आशंका

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुलमा एक जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलुरका अनुसार पुलमा घोप्टो परेर तैरिरहेको अवस्थामा अन्दाजी ३५ बर्षीय पुरुषको शव फेला…

पश्चिम नवलपरासी कांग्रेसमा भूइचालो, प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निस्काशन

नारायण शर्मा - नवलपुर । नेपाली कांग्रेसका प्रभावशालि नेता तथा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीले निस्काशन गरेको छ । पश्चिम नवलपरासीवाट संबिधान सभाका पूर्व निर्वाचित सदस्य समेत रहेका खनाललाई पार्टी केन्द्रीय सदस्यद्धय…

दाउन्नेको सडक दुई तर्फी खुल्यो 

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड भासिएर अवरुद्ध सडक सञ्चालनमा आएको छ । सडक मर्मत गरी साढे ११ बजेदेखि सञ्चालनमा आएका नवलपुर प्रहरीले जनाएको छ । रातिदेखि परेको झरीले डाउन्ने खुर्सानी खोलामा सडक…

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपुर । लगातारको बर्खाले दाउन्नेमा सडक भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भांसिदा नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध हुन पुगेको हो । भारी वर्षापछि…

हसौराको जग्गा लाजसाजी पूर्ण तरिकाले लिने भूमाफियालाई कालोमोसो दल्ने पक्राउ

नवलपुर । नवलपुरको कावासोती ४ हसौरामा स्थानीले बर्षौदेखि जोतभोग गर्दै आएको विघौविगाहा जग्गा लाजसाजी पूर्ण तरिकाले आफनो नाममा गराउन क्यूप्रसाद बस्याललाई कालोमोसो दल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हरौसाको करिब ७० विगाहा जग्गा…

नवलपुरमा विभिन्न घटनाका दोषी फरार ४ जना पक्राउ

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले विभिन्न घटनामा दोषी फरार ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार अदालतबाट दोषी ठहर भई फरार रहेका नवलपुरका ४ जनालाई पक्राउ गरिएको हो ।…