नवलपुरमा बाघको आक्रमणबाट पात टिप्न गएकी महिलाको निधन


 



नवलपुर । पूर्वी नवलपरासीमा पात टिप्न जंगल गएकी महिलाको बाघको आक्रमणमा परी निधन भएको छ ।

 




पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको नवलपुरको अरुणखोला र दुम्किबासबीच जंगलबाट सिस्याहानी जाने बाटोको जंगलमा बाघले महिलालाई आक्रमण गरेको हो ।

गाउँलेहरुसँग जंगलमा सालको पात टिप्न जाने क्रममा आज शुक्रबार बाघको आक्रमणबाट मध्यविन्दु १२ सिस्याहानी निवासी ३९ बर्षीय बरिसा सारु मगरको निधन भएको स्थानीयले जनाएका छन् ।

https://www.youtube.com/watch?v=hjmSY8SBPQQ&t=139s

 

उनको शब अहिले जंगलमा नै रहेको र इलाका प्रहरी कार्यालय दुम्किबासको टोली घटना स्थलमा खटेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

 

पछिल्लो समय दुम्किबास र अरुणखोला जंगलमा एउटा नरभक्षी बाघ डुलिरहेको छ । यस अघि पनि दुम्किबास जंगलमा बाघको आक्रमणबाट एक जना पुरुष वन हेरालुको निधन भएको थियो ।

 

https://www.youtube.com/watch?v=IpBuQZToJ9s

 

नवलपुरमा फेरि बाघ आ’तंक, वन रक्षक भए बाघको सिकार

 

दुम्कीबास आसपासमा बाघ देखिएपछि स्थानीय यात्रुदेखि स्थानीय बासिन्दा आतंकित, सतर्क रहन आग्रह

 

बाघको आक्रमणबाट एक जनाको मृत्यु

 

https://www.youtube.com/watch?v=jtMNS3TsNtk



सम्बन्धित
Loading...