नवलपुर २ मा सभापतिमा मत बराबर भएपछि दुई÷दुई बर्ष आलोपालो सभापति हुने सहमति




नवलपुर । पूर्वी नवलपरासीको क्षेत्र नं. २ मा नेपाली काँग्रेसको सभापति पदमा मत बराबर भएपछि दुई ÷दुई बर्ष आलोपालो सभापति बन्ने सहमति भएको छ ।

 

नेपाली काँग्रेस नवलपुरका अनुसार जगत कार्की पहिलो दुई बर्ष र सूर्य गुरुङ पछिल्लो दुई बर्ष सभापति बन्ने सहमति भएको हो ।

 




दुवैको मत बराबर भएपछि करिब ३ महिनादेखि नवलपुर २ मा काँग्रेस सभापतिको विषय टुंगो लाग्न सकेको थिएन ।

मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३९४ मत प्राप्त गरेका थिए ।
मत बराबर भएपछि गोला प्रथा गर्ने वा पुन मतदान गर्ने वा पुन मतगणना गर्ने वा बदर मतको आधारलाई कुन मान्ने भन्ने विषय टुंगोमा पुग्न सकेको थिएन ।

 

दुवै पक्षबीचको छलफल पछि दुई÷दुई बर्ष कार्यकाल विभाजन गर्ने सहमति भएको काँग्रेसले जनाएको छ ।

 

 

काँग्रेस नवलपुर २ को निर्वाचनमा फेरि अर्को झमेला, निर्वाचन प्रक्रिया नै अवैध भएको भन्दै एक पक्षले दिए उजुरी

 

कांग्रेस नवलपुर क्षेत्र नं २ का सभापतिमा पुनः मत बराबर

 

 

कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत



सम्बन्धित
Loading...