वर्दघाट नगरपालिकामा अनियमिता भएको भन्दै अख्तियारले छानविन थाल्यो




गोपी ज्ञवाली   –
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले संचालन गरेका विभिन्न योजनाहरुमा आर्थिक अनियमिता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले वर्दघाट नगरपालिकामा अनुसन्धानको क्रमलाई तिब्र बनाएको छ ।

 

वर्दघाट नगरपालिका द्धारा संचालित कवर्डहल निर्माण, वर्दघाट नगरपालिका वार्ड नम्बर २ संसारकोटमा निर्माधिन रहेको भिउटावर निर्माण, नगरपालिकाको प्रशासनिक भवन निर्माण, क्याम्पाचौरमा गरिएका विभिन्न प्रकारका निर्माण लगायतका आयोजनाहरुमा ब्यापक भ्रष्टाचार भएको भन्दै उजुरीहरु परे पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले बर्दघाट नगरपालिका कामहरुको विस्त्रित रुपमा अनुसन्धान शुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सुचना अधिकृत जयराम श्रेष्ठले बताए ।

 




वर्दघाट नगरपालिका मार्फत संचालित योजनाहरु मध्य कवर्डहल निर्माणमा ब्यापक रुपमा आर्थिक हिनाविना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा निवेदन परेपछि अख्तियारको बुटवल कार्यालयको टोलीले गत मंगलवार कार्यालयका विभिन्न शाखाहरु केही समयका लागि नियन्त्रणमा लिई कागजपत्रहरुको खोजी गरी केही कागजहरु अख्तियारको टोलीले नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।

 

पछिल्लो एक महिनादेखि विभिन्न विषय र शिर्षकहरुमा अख्तियारले विभिन्न प्रकारका कागज एवं फाईलहरुको खोजी गरीरहेको र कतिपय विषयमा अख्तियारको टोली सम्बन्धित स्थानमा स्थलगत निरिक्ष समेत गरेर आर्थिक हिनाविनाको विषय छानविन गरीरहेको बताईएको छ ।

 

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सुचना अधिकारी जयराम श्रेष्ठ सहितको टोली वर्दघाट नगरपालिकामा पसी विभिन्न कागजात तथा प्रमाणहरु माग गर्दा कर्मचारीहरुमा एकखालको भागदौडनै मच्चिएको थियो । बुधबार दिनभर उजरुरीसंग सम्बन्धित विषयका रेकर्ड फाईलहरु हेर्ने देखि लिएर फिल्डमा समेत पुुगेर आयोगको टोलीले सोधपुछ गर्ने कार्य भएको थियो ।

 

आयोगको टोलीले कवर्डहल निर्माणको सम्बन्धमा उपभोक्ता समितिका अध्यक्ष प्रदीप सुवेदीलाई सोधपुछ गरेको थियो ।

नगरपालिकामा भएका विभिन्न निर्माण लगाएत विभिन्न विषयमा अख्तियार अनुसन्धान दुरुपयोग आयोग नियमित जस्तो आउने, बुझने गरेको र यो नियमित प्रकृया जस्तै भएको वर्दघाट नगरपालिकाका प्रमुख धिरज बस्यालले बताए । बस्यालले भने – समय समयमा नगरपालिकाहरुलाई पत्र काटेर उजुरीसंग सम्बन्धित कागजात सहित आवश्यक जवाफ माग्ने गरेको छ ।

पछिल्लो समय अख्तियारबाट आउने पत्रको जवाफ लेख्न र मागिएका कागजात जुटाउन कर्मचारीहरुलाई भ्याई नभ्याई हुने गरेको नगरपालिका कर्मचारीले बताउने गरेका छन ।

प्रशासनिक भवन निर्माणका क्रममा निर्माण कम्पनीसंग मिलेर अर्थिक हिनाविना गरेको, नगरपालिका कार्यालयले ३ वर्ष पहिला ल्याईएका चार वटा एम्बुलेन्सहरुमा मर्मतसम्हार भन्दै अपादर्शी तरिकाले आर्थिक हिनाविना गरेको, नगरपालिका, प्रदेश सरकार एवं विभिन्न संस्थाहरुबाट आर्थिक रकम ल्याएर अपादर्शी रुपमा खर्च गरेको, कवर्डहल निर्माणमा आवश्यक मापदण्ड पुरा नगरेको, क्याप्पाचौरमा गरिएको कम्पाउन्डवाल सहित निर्माण गरिएका भौतिक निर्मामा मापदण्ड पुरा नगरि निर्माण गरीएको, बन क्षेत्र अतिक्रमण गरेको, विभिन्न कामको डिपीआर एक प्रकारको बनाउने र निर्माण अर्कै गर्ने गरेको गाएतका आरोपहरु लाग्ने गरेका छन ।

बर्दघाट नगरपालिको ४ वटा एम्बुलेन्स बन्यो मागी खाने भाँडो, न हरहिसाब र एम्बु्लेन्स तुरुस्त

 

 

सुनवल नगर स्थापना दिवसः प्रमुख अतिथि विवादले कार्यक्रम बहिस्कार



सम्बन्धित
Loading...