समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, आज मात्रै थपिए ५ सय ३८ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्रै ५ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार झापा, सप्तरी, सुनसरी, मोरङलगाएतका जिल्लामा संक्रमित थपिएका हुन् । नयाँ संक्रमति…

आज १८ उडान, एक हजार भन्दा बढी नेपाली आउँदै

आज विभिन्न ६ वटा देशबाट एक हजार भन्दा धेरै नेपाली स्वदेश फर्किँदैछन्। ​अष्ट्रेलिया कतार, थाइल्यान्ड, कुवेत, युएइ र मालदिभ्समा रोकिएका नेपाली स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। अष्ट्रेलियाबाट आज पहिलोपटक उद्धार गर्न लागिएको हो।…

निजीले परीक्षण गरेको कोरोना शुल्क साढे ५ हजार, १५ असारदेखि प्रतिदिन १० हजारको परीक्षण

व्यक्तिले चाहेमा निजी प्रयोगशालामा कोरोना परीक्षण गर्न नपाउने भएका छन् । सरकारले संकलन गरेको स्याम्पल मात्र निजीले परीक्षण गर्न पाउने भएको छ । निजीले परीक्षण गरेवापत प्रति स्याम्पल ५ हजार ५ सय रुपैयाँ सरकारले नै उपलब्ध गराउने छ ।…

कोरोना भाइरस नेपाल: सङ्क्रमण १० हजार नजिक, दुई हजारभन्दा बढी निको

८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।…

११ दलीय मोर्चाद्धारा एमसीसीको खारेजीका लागि आन्दोलन घोषणा

अमेरिकी रक्षा मन्त्रालयले तयार पारेको ‘हिन्द प्रशान्त रणनीतिक प्रतिवेदन’मा आधारित ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’एमसीसी ओली सरकारले संसदको चालु अधिवेशनबाटै पारित गर्न थालेको छ । एमसीसी राष्ट्रघाती हुनुका साथै नेपाललाई विदेशी शक्तिको क्रिडा…

नवलपरासी सहित ४१ जिल्लामा बाढीको खतरा, सतर्क रहन आह्वान

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज नवलपरासी सहित विभिन्न ४१ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको जनाएको छ । मनसुन सुरू भएसँगै जारी वर्षाका कारण आज बागमती, नारायणी, पश्चिम राप्ती, बबईका स-साना सहायक…

कहाँ कहाँबाट कस्ताे कस्ताे देखियाे सूर्य ग्रहण

BBC आइतवार एशियाका विभिन्न भाग र पश्चिम अफ्रिकामा सूर्यग्रहण लाग्यो। नेपाल‍मा बिहान १०:५० मा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २:२३ बजे सकिएको थियो। खगोलशास्त्रीहरूका अनुसार नेपालको सुदूरपश्चिम क्षेत्रबाट सूर्य ९८ प्रतिशतजति अँध्यारो…

सीमामा काँडेतार, नेपाल-भारतबीच अनिवार्य भिषाको व्यवस्था !

नेपाल–भारत सीमामा काँडेतार लगाउनेसम्मको माग गर्दै सर्वोच्चमा रिट परेको छ । उचित कानून बनाएर सीमामा काँडेतार लगाउने र दुवै देशका नागरिकको आवागमन र ट्रान्जिटमा समेत भिषाको व्यवस्था हुनुपर्ने माग राख्दै आइतबार सर्वोच्चमा रिट दर्ता भएको हो ।…

अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै दिने प्रस्ताव बहुमतले पारित

काठमाडौं । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक…

आज वर्षकै लामो दिन

काठमाडौं : आज २१ जुन अर्थात वर्षकै लामो दिन। आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ। नेपाल लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ। नेपालमा सूर्योदय र…