समुह अनुसार हेर्नसहोस

समाचार

नवलपुरको उद्योग वाणिज्य संघले स्थापना दिवस मनायो

नवलपुर । नवलपुर उद्योग बाणिज्य संघ, नवलपुरको १८ औ स्थापना दिवसको अवसर पारेर नवलपुर उद्योग बाणिज्य संघको नियमित सदस्यता नविकरण भईरहेका व्यवसायिक फमका संचालकहरुलाई स्वास्थ्य छुट कार्ड, सचेतना मुलक सन्देश सहितको शुभकामना कार्ड हस्तान्तरण…

नवलपुरका पहाडी क्षेत्रमा बाँदर आतंक, बौदीकालीले बनायो कार्यदल

नवलपुर । नवलपुर जिल्लाको बौदीकाली गाउँपालिकाको १ र २ नम्बर वडाका अधिकांश गाउँमा बांदरले आतंक मच्चाएपछि अहिले गाउँ पुरै सुनसान जस्तै छ । जंगलछेउका गाउँमा बाँदर आतंककै कारण खेती पाती गर्न नपाएपछि गाउँका मानिसहरु अन्त बसाई सरेका छन् भने…

आज जितिया पर्व, नवलपुरका स्थानीय तहले दिए सार्वजनिक विदा

नवलुपर । तराईका आदिबासी थारू समुदायका महिलाहरुले आज जितिया पर्व मनाइदै छ । नवलपुर सहित देशभर थारु समुदायको बाहुल्यता रहेको क्षेत्रमा यो पर्व धुमधामका साथ मनाइने गर्दछ । जितियामा महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुख समृद्घि र मनोकामना…

कावासोतीका सामुदायिक र संस्थागत विद्यालयमा एउटै शैक्षिक क्यालेण्डर लागु हुन सकेन

नवलपुर । नवलपुरको कावासोती नगरपालिकामा सामुदायिक र संस्थागत विद्यालयमा एउटै शैक्षिक क्यालेण्डर लागु गर्ने भनेर निर्णय गरेको बर्षौ भईसक्यो । कावासोती नगरपालिकाको नगर शिक्षा समितिमा सामुदायिक र संस्थागत विद्यालय दुवै क्षेत्रका प्रतिनिधिहरु…

कावासोतीमा होटल व्यवसायी संघलाई स्वस्थ्य खाना सम्बन्धी तालिम 

नवलपुर ।   होटल व्यवशायी संघ, नवलपुरले जिल्ला भित्रका होटल तथा रेष्टुरेन्ट सञ्चालकहरुलाई तालिम दिएको छ । ग्राहकलाई स्वस्थकर खाना खुवाउन र सम्मानजनक व्यवहार गर्न सिकाउनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका खाद्य…

नवलपुरमा बस पल्टिँदा २३ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोलामा भारतीय तिर्थ यात्री बोकेको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । काठमाडौंबाट…

दुर्गा प्रसाईका समर्थकद्वारा कावासोतीमा प्रदर्शन

नवलपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकहरुले नवलपुरको कावासोतीमा प्रदर्शन गरेका छन् । प्रसाईको रिहाईको माग गर्दै नागरिक बचाउ अभियानको अगुवाईमा कावासोतीमा प्रदर्शन गरिएको हो । कावासोती ८ शैक्षिक चोकबाट शुरु भएको र्याली फलफूल…

रुख कटानको आदेश नआउँदा नमुना सदरमुकाममा भवन निर्माण कार्य रोकियो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुर जिल्लाको नमुना सदरमुकाम निर्माण स्थलमा भवन निर्माणका लागि निर्माण पक्ष ठेकेदार टोली निर्माण स्थलमा आइपुगेको छ ।  ठेकेदार पक्षले केही दिन अघिदेखि निर्माण सामग्री राख्ने भवन बनाउने र शुरुमा निर्माण गर्ने…

अमलटारीमा झमटा गीत तथा नृत्य प्रतियोगिता (फोटो फिचर सहित)

नवलपुर । नवलपुरको कावासोती १७ मा रहेको इको टुरिजम युथ क्लबको आयोजनामा आज कावासोती १७ अमलटारीमा ललपुर (नवलपुर) जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता भएको छ । प्रतियोगिता पौराणिक गीत तर्फ ५० वटा समूह र आधुनिक गीत तर्फ १६ वटा समूहको…

रोटरी गैडाकोटबाट कारागारमा पुस्तक हस्तान्त्रण

गैडाकोट । रोटरी क्लब अफ गैडाकोटको आयोजनामा जिल्ला कारागार भरतपुर चितवनका कैदी बन्दीहरुका लागि आज पुस्तक हस्तान्त्रण गरिएको छ । बिभिन्न ब्यक्तिहरुको सहयोगमा कानुन साहित्य र सकरात्मक सोच अभिबृद्धि गर्ने किसिमका करिब १५० भन्दा बढी पुस्तक…