सरकारले माग्यो अस्पतालसँग तथ्यांक

सरकारले कोरोना संक्रमणविरुद्ध खोप प्रभावकारिता सन्दर्भमा अस्पतालसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका र नलगाएकाको विस्तृत तथ्यांक माग गरिएको हो ।…

जनमोर्चाका सांसद कृष्ण थापा निलम्बित

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पद उनकै पार्टीले खारेज गरेको छ । पार्टीले उनलाई सांसदबाट हटाएको पत्र प्राप्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले बिहीबार प्रदेश सभामा पढेर सुनाए । जनमोर्चाका महासचिव मनोज भट्ट र…

नवलपुरमा एकजना जंगलमा मृत फेला

नवलपुरमा एकजना मृत अवस्थामा फेला परेका छन्। हुप्सेकोट गाउँपालिका-४  बस्ने ६७ वर्षीय दल बहादुर सोती सोही ठाउँस्थित देबिथुम्की सामुदायिक वनस्थित भित्री गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । प्रहरीले यस…

एम्बुलेन्स र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सर्लाहीको वाग्मती नगरपालिका–४ का ६६…

चौधरी ग्रुप आगलागीबाट भएको क्षतिको विवरण कुर्दै, विद्युत सर्टबाट आगलागी

बुधबार पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा रहेको चौधरी ग्रुपको औधोगिक ग्राममा रहेको सीजी ब्रुअरीमा आगलागी भएको थियो । विहान ८ बजेदेखि सीजी ब्रुअरीको स्टोरबाट शुरु भएको आगलागी १० घण्टापछि भवन नै भत्काएपछि नियन्त्रणमा आयो ।…

पाल्पाका स्थानीय तहमै अक्सिजनसहितको कोरोना अस्पताल सञ्चालन

पाल्पा । कोरोनाको दोश्रो लहर बढेसँगै पाल्पाका स्थानीय तहहरुले धमाधम कोरोना आइसाेलेसन अस्पताल निर्माण र संचालनलाई तीव्रता दिएका छन् । जिल्लाको माथागढी गाउँपालिकाले कोरोनाको दोस्रो लहरलाई मध्यनजर गर्दै अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएको…

सरकार चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध छ : अर्थ मन्त्रालय

अर्थ मन्त्रालले नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध भएको स्पष्ट पारेको छ ।अध्यादेशमार्फत ल्याएको बजेटमार्फत चुरे क्षेत्र दोहान गर्ने निर्णयको सर्वत्र विरोध भएसँगै मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको हो ।…

निषेधाज्ञामा एमाले नेताले चुनावी कार्यक्रम सुरु गर्दा प्रहरी रमिते

कोरोना संक्रमण नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधज्ञा लगाएको छ। निषेधाज्ञा अवधिमा औषधि उपचार र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। निषेधाज्ञाकै…

नेपालमा पनि कालो ढुसीका बिरामी, १० जनामा पुष्टि

नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले  पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको…

कैलालीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप

कैलालीमा स्थानीय प्रशासनले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बिहीबार प्रमुख जिल्ला अधिकारी खग्रेन्द्रप्रसाद रिजालले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म निरन्तरता…