नवलपुरमा घर काेही नभएकाे बेला २ वटा सुनकाे औंठी र ४५ हजार नगद चाेरी

नवलपुर । नवलपुरमा घर काेही नभएकाे बेला २ वटा सुनकाे औंठी र ४५ हजार नगद चाेरी भएकाे छ । ईलाका प्रहरी कार्यालय गैडाकाेटका अनुसार गैंडाकोट नगरपालिका ४ शिवालय नमूना टोल स्थित लक्ष्मी ज्ञवालीको घरमा निजहरु काठमाडौ गई कोही नभएको अवस्थामा…

नवलपरासी सहित पूर्वी र मध्य नेपालमा शनिबारसम्म भारी वर्षाको प्रक्षेपण

मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिमबाहेकका पाँच प्रदेशका ४३ जिल्लामा रेड अलर्ट जारी गरेको छ । तीन दिनको अवधिमा भीषणदेखि अत्यधिक वर्षाको प्रक्षेपण गरिएका जिल्लालाई रेड अलर्ट दिइएको हो, अर्थात् उच्च जोखिम रहेकाले जोखिमयुक्त…

कालीगण्डकी करिडोर नवलपुर खण्ड २ ठाउँमा अवरुद्ध

रामकुमार श्रेष्ठ – नवलपुर । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा दुई स्थानमा पहिरोको कारण सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट नगरपालिका ३ हिउँदे खोलामा र बुलिङटार…

पाल्पामा स्कुटर दुर्घटना हुँदा दाइको मृत्यु, बहिनी गम्भीर

पाल्पा । पाल्पामा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका पाल्पाको तिनाउ-३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको हो ।…

दाउन्नेमा पूर्वपश्चिम सडक एकतर्फी अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । बाटो हिलोको कारण सवारी साधन सञ्चालनमा कठिनाई भएको छ । सडक एकतर्फी मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर…

खोलामा डुबेर किशोरीको मृत्यु

डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ। परशुराम नगरपालिका–११ सलेतास्थित सिद्ध खोलामा नुहाउने क्रममा सोही ठाउँकी अन्दाजी १५ वर्षीया बसन्तीकुमारी बिष्टको डुबेर मृत्यु भएको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला…

च्याउ टिप्ने क्रममा भालुको आक्रमणमापरी एक महिला गम्भीर घाईते

दाङ । दाङमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छिन् । लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ बर्षिय सहरी घर्ती गम्भिर घाईते भएको नेपाल सशस्त्र प्रहरी…

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । मौवाखोला नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै सडक माथिबाट ढुङ्गा र लेदो सहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रशासन…

आज रातिदेखि शनिबारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने, गण्डकी र लुम्बिनी सहित पाँच प्रदेशमा…

आज रातिदेखि शनिबारसम्म देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै मनसुन न्यूनचापीय रेखा आज रातिबाट अझ नेपालतिर सर्ने सम्भावना देखिएकाले देशभर वर्षा हुने जनाएको हो। साथै, बिहीबारदेखि नेपाल…

विपद्‌बाट एक महिनामा ८० जनाको मृत्यु, २ हजार ७६४ परिवार विस्थापित

काठमाडौं । नेपालमा मनसुन भित्रिएको २८ जेठयता बाढी, पहिरो लगायतका विपद्‌मा परी ८० जनाको मृत्यु भएको छ । मंगलबारसम्म प्राकृतिक विपद्‌मा परी ५ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । विपद्का कारण आजसम्म ९७ जना घाइते भएका छन् भने…