हावाहुरीको कारण नवलपुरको ठाउँठाउँमा क्षति, घर भत्कँदा ३ जना घाइते

नवलपुर । गएराति आएको हावाहुरीका कारण नवलपुरको ठाउँठाउँमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती ६ कोखेटोलामा खिमानन्द न्यौपानेको निर्माणाधिन २ तले पक्की घरको माथिल्लो तलाको गारो हावाहुरीले भत्काउँदा ३ जना घाइते…

नवलपुरमा भएको सवारी दुर्घटनामा ५ जना घाईते

नवलपुर – नवलपुरको दुई छुट्टाछुट्टै ठाउमा भएको सवारी दुर्घटनामा ५ जना घाईते भएका छन । नवलपुरको गैडाकोट नगरपालिका वडा नं. १२ हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकल एकआपसमा ठक्कर खादा भएको सवारी दुर्घटना ५ जना घाईते…

नमुना सदरमुकाममा काम गर्ने मजदुर सरोज थारुको करेन्ट लागेर ज्यान गयो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती ३ मा निर्मित नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार नमुना सदरमुकाममा…

सुनसरीमा गोली प्रहार गरी भेनाजुले गरे सालीको हत्या

सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका- ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै…

मध्यविन्दुका किशोरीहरुले आफै सिके सेनेटरी प्याड बनाउने तालिम 

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा किशोरीहरुको लागि यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी सरसफाई तथा स्वच्छता र घरमा नै निर्माण गर्न सकिने र पुन प्रयोग गर्न सकिने प्याड बनाउने सिकेका छन् । मध्यविन्दु नगरपालिकामा जागृति बाल तथा युवा…

मानव अधिकार एलायन्सको २६ औँ स्थापना दिवसः नवलपुरमा अन्तरक्रिया गरी मनाइयो

नवलपुर । सशस्त्र द्वन्द्वका घाउहरू निको पार्नका लागि सरकारले गठन गरेको आयोगलाई सही ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्ने पूर्व सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य तिलक महतले बताउनुभएको छ । उहाँले द्वन्द्वका समयमा भएका गम्भीर प्रकृतिका…

अरुणखोला नेवाः गुठीलाई १ करोड ३० लाखको सामुदायिक सभाहल हस्तान्तरण

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा निर्माण गरिएको सामुदायिक सभाहलको उद्घाटन तथा हस्तान्तरण गरिएको छ। करिब एक करोड ३० लाखको लागतमा निर्माण सम्पन्न भएको यो सभाहलको समुद्घाटन नगर प्रमुख भीमलाल अधिकारीले गर्नुभयो।…

नवलपुरमा सर्पदंशका कारण २ जना विरामी

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा सर्पदंशका कारण दुई जना विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ सिर्जना टोल निवासी २० बर्षीय सुमित परियार सर्पदंशका कारण विरामी परेका छन् । सुमित परियारलाई घर नजिकै…

राहत कोषका लागि ९९ रुपैयाँ संकलन अभियान

नवलपुर । नवलपुरमा रहेका मोबाइल व्यवसायीहरुले राहात कोषका लागि ९९ रुपैयाँ संकलन अभियान शुरु गरेको छ । नेपाल मोबाइल व्यवसायी महासंघको स्थापना दिवसको अवसर पारेर नेपाल मोबाइल व्यवसायी संघ नवलपुरले विपतमा परेका व्यवसायीहरुलाई राहत उपलब्ध…

नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका १ बेलुवामा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट १ बेलुवा निवासी ३८ बर्षीय दिपेन्द्र शेर्पुन्जा घाइते भएका हुन् । आज विहान…