यार्सागुम्बासहित ४ जना पक्राउ

प्रहरीले बहुमूल्य जडिबुटी यार्सागुम्बासहित ४ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले उनीहरुलाई बिहीबार सामाखुसीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १ किलो ७ सय ग्राम यार्सागुम्बा बरामद गरेको छ ।…

कांग्रेसका नेता बलात्कार गरेको आरोपमा पक्राउ

१८ भदौ । नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खड्कबहादुर खत्री बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार स्थानीय ४३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा भदौ ८ गते खत्रीलाई पक्राउ गरेको हो ।…

आइतबारदेखि मनकामना केबलकार सञ्चालनमा आउने

कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको मनकामना केबलकार आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।  मनकामना दर्शन प्रालिले भदौ २० अर्थात आइतबारदेखि मनकामना केबलकार सञ्चालन हुन लागेको जानकारी दिएको हो । ‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार…

सीमा नाकामै कोरोना विरुद्धको खोप

पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । “एक…

मध्यबिन्दु ३ ब्रम्हस्थानको बिकाशका लागी दिर्घकालीन योजना बनाउनुपर्ने मा जोड;शालीकराम भट्टराई

ब्रम्हस्थान नवलपुर, १७ भदौ बिकाशको दिर्घकालीन योजना बनाउन नसक्दा मध्यबिन्दु ३ ब्रम्हस्थानमा सोचे जस्तो बिकाश हुन नसकेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । आज (बिहीबार) ब्रम्हदीप क्लब मध्यबिन्दु ३ ले आयोजना गरेको बृहत छलफल कार्यक्रममा…

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्डमा लेदोसहितको पहिरो खस्दा  अवरुद्ध सडक सुचारु भएको छ । शुक्रबार बिहान ८ बजे नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका–६ पाँच किलो र मुग्लिङ–काठमाण्डौ सडक खण्डको इच्छाकामना गाउँपालिका–५…

नेपाल बाल संगठन पश्चिम नवलपरासीले बाल दिवसमा कविता प्रतियोगिता गर्ने

परासी, १८ भदौ । नेपाल बाल संगठन(बालमन्दिर) पश्चिम नवलपरासीले यस वर्षको राष्ट्रिय बाल दिवसमा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । बाल संगठन जिल्ला कार्य समितिको आज परासीस्थित कार्यालयमा सम्पन्न बैठकले आगामी भदौ २९ गते बाल दिवसको दिन…

गाउँ गाउँमा संगठनका बनाउदै क्रान्तिकारी माओवादी

नवलपरासी - नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समितिले संगठन सुदृढीकरण तथा बिस्तार अन्तर्गत दिब्यनगर एवं शान्तिनगर टोलको संयुक्त भेला गरेको छ । भेलाले मुक्तमाया महतो 'निता'को नेतृत्वमा ९ सदस्सिय सम्युक्त टोल समिति गठन गरेको हो ।…

पहिरोले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन् ।…

आज मुलुकका अधिकांश स्थानमा वर्षा हुने, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौँ– आज देशभरको मौसममा सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी…