समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रबिन्दु र कति रेक्टरको भन्नेबारे केहीबेरमा थाहा हुने केन्द्रले जनाएको छ।

भाइटीकाको उत्तम साइत ११:३७ बजे

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ। मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ।…

नेपाल पत्रकार महासंघले पत्रकार पुनबहालीका लागि निर्णायक आन्दोलन थाल्ने

काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न मिडिया हाउसबाट लकडाउन र कोरोनाको बाहनामा जागिरबाट हात धुन परेका पत्रकारहरुको पुनर्बहालीको लागि आन्दोलन गर्ने भएको छ । आइतबार नेपाल पत्रकार महासंघको आयोजनामा भएको अनलाइन भर्चुअल अन्तरक्रियामा…

पत्रकार महासंघलाई सबैको साझा बनाउन क्रान्तिकारी पत्रकारको जोड

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघलाई सबैको साझा संगठनको रुपमा विकास गर्नु पर्नेमा जोड दिएको छ । क्रान्तिकारी पक्रकार महासंघको ३ दिनसम्म चलेको भर्चुअल वैठकले नेपाल पत्रकार महासंघ अझै पनि सबै पत्रकारको छाता…

कालीगण्डकी कोरिडोरमा सुक्का पहिरो खस्दा नवलपुरका ५ जना मजदुरको निधन

रामकुमार श्रेष्ठ- नवलपरासी, १९ कात्तिक । पूर्वी नवलपरासीको बुलिङ्गटारमा पर्ने कालीगण्डकी कोरिडोरमा सुक्का पहिरो खसेर ५ जनाको निधन भएको भएको छ । बुधबार साँझ साढे पाँच बजेतिर कालिगण्डकी कोरिडोर अन्तरगतको पूर्वी नवलपरासीको बुलिङ्गटार…

पूर्वसभामुख महराकी पत्नी सीताको कोरोना संक्रमणले निधन

काठमाडौँ- पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणले निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६:२५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दशैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ…

पेट्रोलियम पदार्थको आयात घट्यो

लकडाउन तथा कोरोनाका कारण आर्थिक गतिविधि न्यूनीकरण हुँदा पेट्रोलियम पदार्थको खपत तथा आयात घटेको छ।भान्सादेखि सडकसम्म उपभोग हुने पेट्रोलियमको आयात घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार खाना पकाउने ग्यास, पेट्रोल तथा डिजेलको आयात…

किशोरी बलात्कार र हत्या प्रयास आरोपमा प्रहरी जवान पक्राउ, घटना रहस्यमय

डोटीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेर हत्या प्रयास गरेको आरोप लागेका प्रहरी जवान पक्राउ परेका छन् । गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंहलाई कैलालीको सहजपुरमा लुकेर बसेको अवस्थामा सोमबार राति पक्राउ…

कक्षा–१२ को परीक्षा समय डेढ घन्टा मात्रै, परीक्षार्थी संक्रमित भएमा निको भएपछि दिन पाइने

काठमाडौं- ९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ । अघिल्ला वर्षको मोडेलअनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ …

खुट्टामा घाउ हुँदा आमामाथि बोक्सीको आरोप, छोराको कुटाइबाट गयो ज्यान

कात्तिक, जनकपुरधाम । भनिन्छ संसारमा सबैभन्दा नजिकको सम्बन्ध आमासँग हुन्छ । आफू भोकै बसेर भए पनि आफ्ना सन्तानलाई खुवाउने र मायाका साथ पालनपोषण गर्ने आमा नै हुन् । तर, तीनै आमालाई कतिपय सन्तानले हेलाको दृष्टिले हेर्छन् र हत्यासम्म गर्न…