वार्षिक अभिलेख

२०८१ चैत्र १५ गते, १९:०४

तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु

काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी…

दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी

प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले…

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका उपचारका लागि…

राजावादीहरूको अराजकता: हिँड्दै, गाडी जलाउँदै

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको राजसंस्था फर्काउने आन्दोलन हिंसात्मक बनेको छ। शुक्रबार प्रसाईंको अगुवाइ र राजावादीहरूको समर्थनमा काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन र सभा आयोजना गरेका थिए। तर प्रदर्शन सभामा…

४ दिन भित्र कावासोतीको फोहोर उठाउने नगरपालिकाको प्रतिबद्धता

नवलपुर । नवलपुरको कावासोती नगरपालिका भित्रको फोहोर ४ दिन भित्र उठाउन कावासोती नगरपालिकाले प्रतिबद्धता जनाएको छ । आज कावासोती नगरपालिकाको तर्फबाट वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक यमबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत…

कुलमान घिसिङ्गको पुनबहालीको माग गर्दै नवलपुरको ठाउँठाउँमा प्रदर्शन

नवलपुर । नेपाल विद्युत प्राविधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा नेकपा माओवादी केन्द्रले कावासोती १६ डण्डामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले केपी ओली नेतृत्वको सरकारको विरोधमा र कुलमान घिसिङ्गको पक्षमा…

नवलपरासीबाट भ्रमण गएकाे बस अर्घाखाँचीमा दुर्घटना, ४ जनाकाे मृत्यु २७ घाईते

लक्ष्मण घिमिरे - अर्घाखाँची,चैत १३ । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाईते छन् । त्यसमध्ये पाँच जनाको…

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटायो

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। घिसिङलाई २०७८ साउन २५ को…

२४ घण्टा भित्र फोहोर उठाउन माओवादी केन्द्रको नगरपालिकालाई अल्टिमेटम

रामकुमार श्रेष्ठ - नवलपुर । नेकपा माओवादी केन्द्र कावासोती नगर कमिटिले २४ घण्टा भित्र फोहोर उठाउन कावासोती नगरपालिकालाई अल्टिमेटम दिएको छ । नेकपा माओवादी केन्द्र कावासोती नगर अध्यक्ष बलराम ढकालको नेतृत्वमा गएको माओवादी केन्द्रका टोलीले…

ज्ञानेन्द्र संवैधानिक राजा बन्न पनि लायक छैनन् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न पनि लायक नरहेकाे टिप्पणी गरेका छन्। पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पूर्वराजाको सक्रियताको विषयमा…